Comments Add Comment

बालुवाटारमा वाम नेताको बैठक सुरु


७ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डका साथै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम सहभागी छन् ।

त्यसैगरी माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल पनि बैठकमा सहभागी छन् ।

केपी ओली र प्रचण्डवीच दुई दिनसम्म चलेको छलफललाई अनुमोदन गर्नका लागि एकता संयोजन समितिको बैठक बसेको हो ।

बैठकले पार्टी एकतालाई पूर्णता दिनका लागि कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् ।

बैठक साँझ ७ बजेदेखि बस्ने भनिए पनि राति ८ बज्नलाग्दा सुरु भएको छ । बैठक सुरु गर्नुअघि नेताहरुले डिनर गर्न लागेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीमा आलोपालो, अध्यक्षता पालैपालो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment