Comments Add Comment

गृह जिल्लामा मुख्यमन्त्री भट्टले भने-समृद्धिको यात्रा प्रदेश ७ बाट सुरु हुन्छ

१० फागुन, डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश ७ बाट बिकास र सम्बृद्धिको यात्रा सुरु हुने बताएका छन् ।

मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला डोटी आएका भट्टले लामो संघर्षपूर्ण इतिहास पछि देशमा स्थायी सरकार बनेसँगै बिकासको अभियान प्रारम्भ भएको बताए ।

उनले भने, ‘संबिधानसभाबाट संबिधान जारी भएर कार्यान्वयनको अवस्थामा छ, देशमा तीन तहका सरकार बनेका छन, हामीले आफ्नो प्रदेशको सरकार आफै निमार्ण गरेका छौं, बिकास ७ नम्बर प्रदेशबाट सुरु हुन्छ ।’

बिकास दृष्टिकोणले राज्यको नजरबाट सुदूर मानिएको प्रदेश ७ बाट बिकासको अभियान सुरु हुने उनको दावजी छ । ‘७ नम्बर प्रदेशमा हालसम्म बिकास नभएको सत्य हो, यस प्रदेशमा अथाह सम्भावना छन्, हामी तिनै सम्भावनालाई उजाकर गर्दै बिकास र सम्बृद्धिको अभियान प्रारम्भ गछौं ।’ उनले भने ।

मख्यमन्त्री भट्ट डोटी पुगे लगत्तै माओवादी केन्द्र डोटीले राजपुरमा आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा सहभागी भएका थिए ।

१२ दिनदेखि दिपायलमा जारी रहेको ७ नम्बर प्रदेशको प्रादेशिक महोत्सवको समापन कार्यक्रममा सहभागी हुनका लागि मुख्यमन्त्री भट्ट डोटी आएका हुन् ।

शुक्रबार डोटीका बिभिन्न ठाउँमा आयोजना हुने साना तथा ठूला कार्यक्रममा सहभागी भएर मात्रै मुख्यमन्त्री फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment