+
+
Shares

केन्याबाट भारतले उद्दार गरेका सात नेपाली चेली घर फर्कन मानेनन्

गौरव पोखरेल गौरव पोखरेल
२०७४ फागुन १३ गते १७:१७

१३ फागुन, काठमाडौं । केन्याको डान्सबारमा छापा मार्दा आफ्ना नागरिकसँगै सात नेपाली पनि भेटिएपछि भारतले सबैको उद्दार गर्‍यो । तर, उद्दार गरिएका नेपाली चेलीहरु भने नेपाल फर्कन मानेनन् ।

२० पुसमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘मानवबेचबिखनको जालोमा फसेका ७ नेपालीसहित ३ जना भारतीय महिलालाई केन्याबाट उद्दार गर्‍यौं’ भन्दै ट्वीट गरेकी थिइन् ।

लगत्तै परराष्ट्र मन्त्रालयका अधिकारीहरुले सोधखोज गर्न थाले । भोलिपल्ट थाहा भयो, उद्दार गरिएका ७ जना मध्ये दुई जना मकवानपुर थिए भने सिन्धुपाल्चोक, नवलपरासी, सुर्खेत, तनहुँ र नुवाकोटका १/१ जना थिए ।

अधिकांश १९ देखि २४ वर्ष उमेर समूहका थिए । एक जना चाहिँ ३३ वर्षीय थिइन् । उनीहरु सबै अविवाहित हुन् ।

उनीहरुले त्यहाँको एक डान्सबारमा कार्यरत् थिए ।

भारतीय विदेश मन्त्रालयले त्यहाँको प्रहरीको समन्वयमा डान्स बारहरुमा ‘रेड’ हान्दा उनीहरु पनि पक्राउ परेका थिए । उनीहरुलाई केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालयमा बुझाइयो ।

त्यहाँ नेपाली युवतीलाई डान्सबारमा नतर्की र यौनकर्मीको रुपमा प्रयोग गर्ने गरिन्छ ।

फर्किन मानेनन् नेपाली युवती

तर, भारतले उद्दार गरेका नेपाली युवतीहरुले भने आफूहरुको स्वदेश फर्किने चाहना नभएको बताएका छन् ।

उनीहरुले केन्याको नेपाली अवैतनिक वाणिज्यदूतमार्फत नेपाल आउन नचाहेको सन्देश पठाएका हुन् ।

स्रोतका अनुसार उनीहरुले आफू केन्यामै ‘खुशी’ रहेको बताएका छन् । ‘हामी यहाँको काम र हामीले पाउने पैसाबाट सन्तुष्ट छौं’, ती युवतीहरुको भनाइलाई उदृत गर्दै स्रोतले भन्यो, ‘हामी फर्किन चाहँदैनौं ।’

डान्सबारका सञ्चालकले समेत आफूहरुले पैसातिरेर वैधानिक रुपमा केन्या ल्याएको दाबी अधिकारीहरु समक्ष गरेका छन् ।

कोही बेचिएर पुग्छन्, कोही आफू खुशी

अधिकारीहरुका अनुसार केन्याका डान्स बारमा काम गर्ने नेपालीको संख्या धेरै छ । कतिपय बेचिएर त्यहाँसम्म पुगेका छन् भने कतिपय आफू खुशी पनि पुगेका छन् । कसैलाई भने ओमन लगायतका अन्य देशमा पठाइदिने भन्दै एजेन्टहरुले झुक्याएर केन्यासम्म पुर्‍याइएको समेत भेटिएको छ ।

त्यहाँ नेपाली युवतीलाई डान्सबारमा नतर्की र यौनकर्मीको रुपमा प्रयोग गर्ने गरिन्छ ।

नेपाली युवतीलाई लैजान केन्याबाट नेपालसम्मै एजेन्ट समेत आउने पाइएको छ ।

२३ कात्तिकमा काठमाडौं प्रहरी परिसरले न्यूरोडबाट ललितसिंह सुवाललाई पक्राउ गरेपछि थप अनुसन्धानका क्रममा केन्याबाट एक एजेन्ट नेपाली युवती खोज्दै काठमाडौंसम्म आएको खुलेको थियो । यद्यपि, एजेन्ट पक्राउ परेका छैनन् ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार कतिपय महिला दुर्व्यवहारमा परेपछि नेपाल फर्किने गरेका छन् ।

केन्यामा गएका केही युवतीहरुले आफूहरुलाई राम्रै भएको बताए पनि अधिकांश पीडित रहेको एक अधिकारीले बताए ।

यो पनि पढ्नुस् 

भारत भन्छ– नेपाली चेलीकाे उद्दार गर्‍यौं, नेपाललाई थाहै छैन

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?