Comments Add Comment

भारत भन्छ– नेपाली चेलीकाे उद्दार गर्‍यौं, नेपाललाई थाहै छैन

२० पुस, काठमाडौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बुधबार साँझ ट्वीट गर्दै भनिन्, ‘मानव बेखविखनको जालोमा फसेका ७ नेपालीसहित ३ जना भारतीय महिलालाई केन्याबाट उद्दार गर्‍यौं ।’

तर, नेपालस्थित परराष्ट्र मन्त्रालयले भने यसबारे अनविज्ञता प्रकट गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव रामबाबु ढकालले अनलाइनखबरसँग कुराकानी गर्दै बिहीबार दिउँसो यथास्थिति बुझ्ने प्रयास थालिएको बताए ।

‘दक्षिण अफ्रिकामा रहेको दूतावासमार्फत केन्यमा रहेका नेपाली अवैतनिक वाणिज्यदूतको सहयोगमा यथास्थिति बुझ्ने प्रयास भइरहेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment