+
+
Shares

कर नतिरे पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १४ गते १२:४५

१४, फागुन, चितवन । भरतपुर महानगरपालिकाले कर नतिरेको भन्दै पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी दिएको छ ।

एकीकृत सम्पत्ति कर र व्यवसाय कर नतिरेको भन्दै महानगरका प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुरस्थित पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी दिएका हुन् ।

एक हप्ताभित्र तिर्नुपर्ने रकम नतिरे पुरानो मेडिकल कलेजविरुद्ध कडा कदम चाल्ने तयारी महानगरको छ । ‘पैसा नतिरे मेडिकल कलेज बन्द हुन्छ ।’ अधिकृति जोशीले भने,’ त्यो चाँही कन्फर्म हो ।’

पुरानो मेडिकल कलेज भारतीय नागरिक भि नटराज नगेन्द्र पम्पाटी लगायतको समूहले चलाउँदै आएको छ ।

२३ वर्षअघि भरतपुरमा स्थापना भएको पुरानो मेडिकल कलेजले अहिलेसम्म कुनैपनि कर महानगरलाई तिरेको छैन । ‘हामीले पूरानो मेडिकल कलेजलाई पत्र पनि काटेका छौं, फोनमा पनि कुरा गर्न भनेको छु,’ प्रशासकीय अधिकृत जोशीले भने, ‘हेर्दै जानुस् हामीले एक हप्ताभित्र के गराउँछौं ।’

उनले अब कडा रुपमा जनो बताएका छन् ।

पुरानो मेडिकल कलेजका सञ्चालक भि नटराज र प्रमुख प्रशासकीय अधिृकतलाई यस बारेमा जानकारी लिन खोज्दा दुवै जनासँग सम्पर्क भएन ।

कलेजका एक कर्मचारीले दिएको जानकारी अनुसार महानगरको पत्र मेडिकल कलेजमा आइसकेको छ । तर, अघिल्लो आर्थिक वर्षको एकीकृत सम्पती कर र व्यवसाय कर तिरेको दावी कलेज प्रशासनको छ ।

चितवन मेडिकल कलेजले बाहेक अन्य निजी अस्पतालले समेत कर तिर्न आनकानी गर्दै आएका छन् । महानगरले चालु आर्थिक वर्षमा ७० करोड आन्तरिक आम्दानी उठाउने लक्ष्य लिएको छ ।

भरतपुर अस्पताललाई ९८ लाख भाडा तिर्न बाँकी 

पुरानो मेडिकल कलेजले महानगरपालिकालाई मात्रैं हैन भरतपुर अस्पताललाई जग्गा भाडा वापतको तिर्नुपर्ने रकम समेत तिरेको छैन ।

भरतपुर अस्पतालको ९ विगाहा जग्गा उपयोग गरेको भाडा तिर्न पूरानो मेडिकल कलेजले आनकानी गर्दै आएको छ ।

अस्पतालको लेखा शाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७३/०७४ को ३६ लाख ७३ हजार १ सय ५५ र चालु आर्थिक वर्षको ६१ लाख २० हजार रकम भाडा तिर्न बाँकी छ ।

भाडा मात्रैं हैन मेडिकल कलेजका नाममा बेरुजु समेत देखिएको छ । आर्थिक वर्ष ०७२/०७३ महालेखा परीक्षकबाट ६७ लाख ७८ हजार पचास र आर्थिक वर्ष ०७३/०७४ मा ५६ लाख २५ हजार बेरुजु रकम देखिएको अस्पतालका लेखा अधिकृत हरिहर शर्मा तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?