+
+
Shares

हिराको हार पठाएको छु भन्दै ठग्ने नाइजेरियन नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २० गते १७:११

२० फागुन, काठमाडौं । फेसबुक र अन्य सामाजिक सञ्जालमार्फत पार्सल पठाएको छु भनेर प्रलोभन देखाउँदै ठगी गर्ने विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नाइजेरियन नागरिक ३० वर्षीय मार्सेलस चिजोङजी छन् ।

उनको राहदानी नं. ए ०८७७५४७९ हो ।

उनले विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालमार्फत साथी बनाएर हिराको हार, आईफोन लगायत पठाएको भन्दै ठगी गर्ने गरेका थिए । उक्त पार्सल लिन दिल्ली एयरपोर्टमा ट्याक्स क्लीयरेन्स नभएर अड्किएको र त्यसलाई क्लीयर गर्न भन्दै उनले रकम माग्ने गरेका थिए ।

उनलाई काठमाडौं–२६ बाट नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको सीअार्इबीका प्रमुख पुष्कर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?