Comments Add Comment

‘सौदागर’ निर्देशक घई नेपाल आउने


चलचित्र ‘सौदागर’बाट नेपाली चेली मनिषा कोइरालालाई निर्देशक सुभाष घईले बलिउडमा डेब्यू गराएका थिए । उनै, सुभाष घई अब नेपाल आउने भएका छन् । भारतमा रहेको कान्तिपुर फिल्म एकेडेमीको टोलीसँग आफू नेपाल आउने प्रतिवद्धता घईले व्यक्त गरेका हुन् ।

कान्तिपुर एकेडेमीका सीइओ प्रकाश पुरीले भने-‘उहाँको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि उहाँ नेपाल आउनुहुनेछ ।’ टोलीले मुम्बइको चर्चित फिल्म स्कुल विस्लिङ उड इन्टरनेशनलको भ्रमण गरेको थियो । सो समयमा त्यहाँका प्रमुखसहित निर्देशक घई, अध्यक्ष मेघना घई पुरी, हेड अफ एकेडेमिक राहुल पुरीसँग भेट गरेको थियो ।

कान्तिपुर एकेडेमीको तर्फबाट संचालक प्रकाश पुरी, एकेडेमिक निर्देशक नरेशकुमार केसी, चलचित्र मेकिङ्का विद्यार्थीहरु अनिश पौडेल र बाबुराम राउत छन् । भेटमा दुई पक्षविच विद्यार्थी आदनप्रदान, फ्याकल्टी आदनप्रदान, चलचित्र निर्माणमा सहकार्य, नेपालमा कार्यशालाको आयोजना गर्ने, बाषिर्क रुपमा छात्रावृत्ती प्रदान गर्ने र घई नेपाल आउने बुँदामा सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment