Comments Add Comment

मुख्यमन्त्री भट्टले अस्पताल पुगेर राधालाई भेटे

२७ फागुन, कैलाली । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिट भएकी राधा चौधरीको उपचारमा चासो देखाएका छन् ।

चौधरीलाई भेट्न आइतबार विहान अस्पताल पुगेका मुख्यमन्त्री भट्टले उपचारका विषयमा चिकित्सकसँग जानकारी लिएका छन् । उनले चौधरीलाई भेटेर सामान्य कुराकानी समेत गरेका छन् ।

संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले चौधरीको उपचारमा कुनै कसर बाँकी नराक्ने बताएका छन् । दोषीलाई कडा कारवाही गर्ने भन्दै उनले समाजमा यस्ता घटना हुन नदिन जनचेतना फैलाउने बताए ।

कुटपिटबाट घाइते राधा चौधरीको अहिले सेती अञ्चल अस्पतालको सर्जिकल वार्डमा उपचार भइरहेको छ ।

उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतका अनुसार चौधरीको आँखा र शरिरभरी निलडाम छ । आँखामा चोट देखिएका कारण उनलाई गेटा आँखा अस्पतालमा आँखा जाँचको लागि रेफर गरिएको बताए । चौधरीलाई शान्त वातारणमा राखेर परामर्श गर्नु आवश्यक रहेको बताए ।

यो पनि पढ्नुस्

सुख्खडका निमित्त प्रहरी प्रमुख निलम्बनमा परे

‘बोक्सीकाण्ड’मा मिलापत्र गराउने मेयरमाथि एमालेले कारवाही थाल्यो

झाँक्रीसँग ८ दिनका लागि बिहे गरेको बताउने ‘पार्वती’ पक्राउ

बोक्सी आरोपमा कुटिएकी राधाको उपचार खर्च सरकारले व्यहोर्ने

राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे (भिडियोसहित)  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment