बलिउड नायिका सोनम कपुरले आफूले हरेक चलचित्रमा फरक-फरक भूमिका निर्वाहा गर्न चाहेको बताएकी छिन् । तर, बलिउडमा त्यो खालको अवसर नै नपाइने आरोप उनको छ ।
उनले भनिन्-‘बलिउडमा नायिकाका लागि निकै सिमित मात्र भूमिका छन् । नायिकाका लागि अझै धेरै कथा र भूमिका हुनसक्छन् । हामीलाई राम्रो लेखक र कथाको जरुरी छ ।’ उनले समय परिवर्तन भैसकेकाले अब दर्शकलाई मुर्ख बनाउन नसकिने बताएकी छिन् । सोनमले आफूले महिला र पुरुषमा कुनै भिन्नता नदेखेको पनि बताइन् ।
सोनमले भनिन्-‘मलाई महिला र पुरुषलाई भिन्न-भिन्न रुपमा व्यवहार गरेको मन पर्दैनँ । मलाई महिला र पुरुषमा के फरक छ भन्ने कहिले पनि थाहा भएन ।’
आफूले बलिउडमा प्रवेश गरेपछि मानिसले नायकलाई भन्दा नायिकालाई कम महत्व दिएको थाहा पाएको सोनमले बताइन् ।
सोनमले भनिन्-‘कुनै होटलमा कोठा दिन होस् या चलचित्रमा काम गरेको पारिश्रमिक दिन होस्, नायक र नायिकामा धेरै भिन्नता छ ।’ तर, यो शैली विस्तारै परिवर्तन हुने उनको विश्वास छ ।
प्रतिक्रिया 4