+
+
Shares

बन्धक छुटाउन आफूलाई जिम्मा लगाउने ‘नायक’ प्रहरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १० गते १४:०८

१० चैत, काठमाडौं । फ्रान्सको एक सुपरमार्केटमा बन्धक छुटाउन आफ्नो ज्यान जोखिममा राखेका एक प्रहरीको मृत्यु भएको छ ।

४५ वर्षीय लेफि्टनेन कर्णेल आर्नो बाल्ट्रामले बन्धक बनाइएका सार्वसाधरणलाई छुटाउन आफूलाई आक्रमणकारीको जिम्मा लगाएका थिए ।

आक्रमणकारीले एक ग्राहक र स्टोरका कर्मचारीको हत्या गरेका थिए । अरुलाई सुरक्षित रुपमा बाहिर निकालेपछि आक्रमणकारीले एक महिलालाई मानव ढालका रुपमा प्रयोग गरेका थिए ।

बाल्ट्रामले महिलालाई छुटाउन आफू आक्रमणकारीलाई जिम्मा लगाएका थिए । प्रहरीको अपरेशनका क्रममा अक्रमणकारी मारिए तर, बाल्ट्राम पनि गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको आन्तरिक मामिलामन्त्री जेरा कोलोले ट्वीटरमा जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘उनले देशका निम्ति मृत्युवरण गरे । फ्रान्सको उनको सहास, बहादुरी र त्यागलाई कहिल्यै बिर्सने छैन ।’

राष्ट्रपति एमानुएल माक्रोले बाल्ट्राक नायक जस्तै लडेको र अवपादपूर्ण साहस देखाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?