Comments Add Comment

कसरी गर्ने ॐ मन्त्रको जप

ॐकारं विन्दु संयुक्त नित्यं ध्यायन्ति योगिनः ।

कामदां मोक्षदां चैव ॐकाराय नमो नमः ।।

शारीरिक समस्या समाधान हुन्छ ॐ को जपले

नियमित ॐकारको जप गर्नाले शरीरका आन्तरिक तथा बाह्य विकार नाश हुन्छन् । दिमाग शान्त हुन्छ भने धेरैजसो शारीरिक समस्या हट्छन् । ॐ को निरन्तर जपले मानिसको आभामण्डलमा वृद्धि हुन्छ ।

कसरी गर्ने ॐ को जप

-कुनै शान्त स्थान छनोट गर्ने ।

-बिहान सबेरै उठेर जप गर्नसके धेरै राम्रो । बिहान सम्भव नभए राती सुत्नुअघि जप गर्ने ।

-ॐ को जप गर्न कुनै भगवान्को मूर्ति, चित्र, धूपबत्ती आदि कुराको आवश्यक पर्दैन ।

-चौर, बगैंचा वा छतजस्ता खुल्ला स्थान नभए कोठाभित्र बसेरै पनि ॐ को जप गर्न सकिन्छ ।

-सफा ठाउँको जमिनमा आसन ओछ्याएर बस्ने अनि जप गर्ने । पलङ तथा सोफामा बसेर जप गर्दा यसबाट प्राप्त हुने फाइदा पूर्ण रूपमा मिल्दैन ।

-ॐ को उच्चारण ठूलो स्वरमा गर्ने ।

-उच्चारण सकिएपछि २ मिनेट ध्यानमा बस्ने अनि मात्र उठ्ने ।

-यो मन्त्रको नियमित जप गर्दा तनावबाट पूर्ण रूपमा मुक्ति मिल्छ ।

-जपका क्रममा टिभी, म्युजिक सिस्टम, मोबाइल फोन आदि बन्द गर्ने । जप गरुन्जेल कुनै प्रकारको हल्लाखल्ला नआओस् भन्ने कुरामा विचार पुर्‍याउने ।

-सफा आसनमा पद्मासनमा बस्ने र आँखा बन्द गरी पेटबाट आवाज निकाल्दै जोडले ॐको उच्चारण गर्ने । ॐ लाई जति लामो गरी सकिन्छ त्यति लामो समयसम्म तान्ने । सास भरिएपछि रोकिने र यो प्रक्रिया दोहोर्‍याउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment