Comments Add Comment

कस्तो अनुहारमा कस्तो कलरको प्रयोग उपयुक्त

हिजोआज हेयर कलरिङ मानिसको बाध्यता मात्र नभई फेसन बन्दै गएको छ । हेयर कलरिङले कपाल रङ्याउने मात्र नभई व्यक्तिलाई आकर्षक देखाउनुका साथै व्यक्तित्वमा निखार समेत ल्याउने गर्छ ।

यद्यपि, कलरिङ सही ढंगबाट नभएको खण्डमा यसले कपाललाई नोक्सान समेत पुर्‍याउन सक्छ  । त्यसैले हेयर कलरिङगर्नु पूर्व यसबारे पूर्ण रूपमा जानकारी हुनु आवश्यक छ ।

सामान्यतः मानिसहरूले आफ्नो कपाल रङ्ग्ययाउनुपूर्व कलरबारे त्यति ध्यान दिने गरेकेा पाइँदैन । जसलाई जुन कलर मन पर्‍यो त्यही नै प्रयोग गर्छन् । जब कि कपाल रङ्ग्याउँदा उक्त कलरलाई अनुहारको रङ्गसित म्याच गर्न निकै जरुरी छ ।  त्यस्तै, व्यक्तित्वलाई ध्यानमा राखेर समेत हेयर कलर प्रयोग गर्नु आवश्यक छ । किनभने हेयर कलरिङको रूपमा प्रयोग हुने सबै कलर अनुहारमा सुट नहुन सक्छ र सबै अनुहारमा उक्त कलर राम्रो नदेखिन पनि सक्छ ।

हेयर कलरिङ गर्न चाहनेले सबैभन्दा पहिले हेयर कलरको प्रकार थाहा पाउनु आवश्यक छः

हेयर कलरका प्रकार

टेम्पोररी हेयर कलर

यस्ता हेयर कलर निश्चित सभा, समारोहका लागि ध्यानमा राखेर तयार पारिन्छ । अर्थात् यस्ता हेयर कलर कम समयसम्म टिक्छन् । एक- दुई पटक नुहाएपछि सबै रङ्ग उड्छ ।

सेमी पर्मानेन्ट

सेमी पर्मानेन्ट हेयर कलरमा धेरैजसो मोलिक्युलहरूको प्रयोग गरिएको हुन्छ । त्यसैले यस्ता हेयर कलर केही समयमै पखाल्न सकिन्छ । सामान्यतया सेमी पर्मानेन्ट कलर कपालको गहिराइसम्म पुग्दैन । यस्तो हेयर कलर हप्ताभन्दा बढी समयसम्म टिक्दा पनि टिक्दैन । जसकारण निश्चित समय पश्चात कपाल पुरानै अवस्थामा र्फकन्छ ।

डमी पर्मानेन्ट हेयर कलर

लामो समयसम्म कपालमा कलर टिकाइराख्नका लागि डमी पर्मानेन्ट हेयर कलरको प्रयोग गरिन्छ । यसको असर कपालमा दुई देखि तीन महिनासम्म रहने गर्दछ ।

साथै यस्ता कलरमा एमोनिया तथा प्याराअक्साइडको प्रयोग गरिएको हुँदैन । यस्तो हेयर कलरको राम्रो पक्ष भनेकै एमोनियाको प्रयोग नहुनु हो ।

व्युटिसियनहरूका अनुसार अहिले फेशनमा थुप्रै कलर टे्रन्डमा छन् । त्यसमध्ये डिप कफी ब्राउन,  मिडियम एस ब्राउन, रेड भायोलेन्ट, कुल ऐश, व्लू ब्ल्याक, वाइन कलर, वर्गन्डी तथा प्लाटिनियम कलर धेरै प्रचलित छन् ।

बजारमा पाइने सबै कलर सबै कपाललाई सुट नगर्न सक्छ । आˆनो कपालको लागि कुन रङ्ग ठीक छ भनेर थाहा पाउन तथा फेशन एवं व्यक्तित्वलाई ध्यानमा राखेर हेयर कलरको छनोट गर्नुपर्छ ।

हेयर कलरको सही छनोट

-आँखाको रङ्ग कालो, निलो, खैरो वा कैलो छ भने छालाको रङ्ग गहुगोरो भएमा

व्लु ब्ल्याक, कफी ब्राउन, मिडियम एश ब्राउन, मिडियम गोल्डन ब्राउन कलरको हेयर कलर प्रयोग गर्न सकिन्छ ।  सुनौलो, पहेलो तथा रातो रंग नसुहाउन सक्छ ।

-आँखाको रङ्ग कैलो, हरियो, कालो वा निलो तथा छाला गोरो भएका व्यक्तिहरूलाई गोल्ड र रेडको सम्मिश्रण सहितको डिप ब्राउन, स्ट्रबेरी व्लन्ड, ग्रे वीथ यल्लो कास्ट, नेचुरल गोल्डन व्लन्ड आदि हेयर कलर छनोट गर्नु उपयुक्त हुन्छ ।

उमेरका आधारमा हेयर कलर छनोट

२० वर्ष

बीस वर्षको उमेरमै हेयर कलरको प्रयोग गर्न त्यति उचित मानिँदैन । तैपनि एक दुईवटा सेतो कपाल फुलेको खण्डमा त्यस्ता कपाललाई लुकाउन रेड, वाइन, ग्रे, ब्लु आदि कलरको प्रयोग गर्नु राम्रो मानिन्छ ।

३० वर्ष

वर्गन्डी यस्तो कलर हो जुन हरेक उमेर समूहका महिला तथा हरेक वर्णका महिलाहरूको अनुहारमा सुहाउँछ  । यद्यपि गोरो वर्णका महिलाहरूले डिप ब्राउन, कफी ब्राउन जस्ता कलरको प्रयोग गर्न सक्छन् ।

४० वर्ष

४० वर्षको उमेर पुग्दा नपुग्दै धेरै मानिसको कपाल फुल्ने गर्दछ । त्यसैले यो उमेरमा हेयर कलर गर्नु फेशन मात्र नभएर बाध्यता पनि बन्ने गर्छ । यो उमेरमा ब्ल्याक, ब्राउन जस्ता  कलर छान्नु उपयुक्त हुन्छ ।

५० वर्ष

५० वर्षको उमेर यस्तो उमेर हो, जसमा हरेक मानिसको कपाल फुल्ने गर्दछ । त्यस्ता कपाललाई लुकाउनु पनि बाध्यता बन्ने गर्छ । त्यसैले खरानी रङ्गको प्रयोग तथा ब्राउन टोनको कलर प्रयोग गर्न सकिन्छ । यसले ५० वर्षे उमेरमा समेत व्यक्तित्वमा सकारात्मक प्रभाव पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment