Comments Add Comment

खाडीमा ‘पठान’ को यौनशोषण झेल्दै नेपाली पुरुष


२१ चैत, इटहरी । वैदेशिक रोजगारीमा गएका नेपाली चेलीहरू यौन उत्पिडनमा परेका खबरहरु त बारम्बार आउँछन् । तर, खाडी मुलुकहरुमा नेपाली पुरुषहरुमाथि पनि यौन हिंसा भइरहेको तथ्य भेटिएको छ ।

कतार, साउदी, युएई, बहराइन, कुबेत, ओमान जस्ता खाडी देशहरूमा काम गर्ने नेपाली पुरुषहरुमाथि यौन हिंसा हुने गरेको भुक्तभोगीहरु बताउँछन् ।

इटहरीका कुम्भ राई (नाम परिवर्तन) कुवेतको राजधानी कुवेत सिटीको एक वाटर डिस्टिलेसन कम्पनीमा काम गर्थे । कुम्भका युनिट इन्चार्ज थिए उत्तर पश्चिम पाकिस्तानबाट आएका एक जना अधबैँसे पठान ।

भाषा बुझ्ने भएकाले उनीहरु नजिकिए । उर्दू र हिन्दी उस्तै हुनाले पठानको भाषा कुम्भलाई बुझ्न गाह्रो भएन ।

राम्रो सम्वन्धकै कारणले पठानले कुम्भलाई बिदा खुकुलो पारिदिए । कार्यक्षेत्रमा इन्टरनेट प्रयोग गर्न नपाउने कम्पनीको नियम भए पनि कुम्भलाई अफिस रुममा त्यो सुविधा दिए । यतिसम्म ठिकै थियो ।

एक दिन काम सकेर कोठा फर्किन लाग्दा कुम्भलाई इन्चार्जले दुई घण्टा बस्न अनुरोध गरे । इन्चार्जको कुरा मानेर अफिसमा बसिरहे कुम्भ । तर, पठानले लाजमर्दो व्यवहार देखाउन थाले । कपाल सुम्सुम्याउने, घरीघरी चुम्बन गर्ने र गोप्य अंगमा हात पुर्‍याउन गर्न थालेपछि कुम्भ आक्रोशित बने ।

तर, पठानले कम्पनीको नियमभन्दा बढी बिदा लिएको र कामको समयमा इन्टरनेट प्रयोग गरेको उजुरी गर्ने चेतावनी दिए । साथै कामबाट निकाल्ने धम्कीसमेत दिए ।

यसरी मानसिक तनाव दिएर पठानले एक वर्षभर हरेक हप्ताजसो कुम्भलाई यौन हिंसा गरे । अन्ततः एक वर्ष मात्रै काम गरेर स्वदेश फर्किएको एका साथीले बताए । राम्रो काम र राम्रो दाम हुँदाहुँदै उनी नेपाल र्फकनुको कारण थियो-पठानको यौन हिंसा र समलिंगी बलात्कार ।

कुम्भ जस्तै पठानको यौन हिंसाबाट पीडित हुन् कतारको सनौया औद्योगिक क्षेत्रमा काम गर्ने दिपेश भुजेल (नाम परिवर्तन) ।

तेह्रथुमका दिपेश एक दिन शुक्रबारे बिदा मनाएर दोहाबाट आउँदा साँझ झमक्कै भएको थियो । ट्याक्सीमा चढ्न मोलमोलाइको क्रममा एक जना पठानले सस्तैमा लगिदिन्छु भने । दिपेश ट्याक्सीमा बसे ।

मिजासिलो भएका पठानले मोबाइल नम्बर मागे र हालखबर सोधेर आत्मीय व्यवहार गरे । कतिसम्म भने बाटैमा पर्ने आˆनो कोठामा चिया खाएर जाउँ पनि भने । दिपेशलाई चिया खान भनेर कोठामा पुर्‍याएका पठानका कोठाकै अर्का साथीले चिया बनाए । चिया खाइसकेपछि कोठाका दुवै पठानहरु जिस्किन थाले । अन्ततः उनीमाथि बलत्कार भयो ।

कतार पसेको पहिलो महिनामै यस्तो भोगेका दिपेश निक्कै समय मानसिक तनावमा परेको उनीसँगै काम गर्ने तेह्रथुमकै सन्तोष खापुङ्ग बताउँछन् ।

यौन हिंसाको उजुरी नै पर्दैन

कुम्भ र दिपेश जस्तै खाडीमा जाने थुप्रै युवा पठानहरुबाट पीडित हुने गरेको भुक्तभोगीहरु बताउँछन् । तर, पीडितहरुले प्रहरी कहाँ जाने गरेका छैनन् । दुबईको कानूनमा यौन हिंसालाई दण्डित गरिए पनि भाषा र धर्मका कारण अपवाद बाहेकका उजुरीहरू प्रहरीसम्म पुग्दैनन् ।

‘दुवईका ७० प्रतिशत ड्राइभरहरु पठान छन्’ हाल दुबईमा रहेका इटहरीका पूर्वपत्रकार उमेश घिमिरे भन्छन्, ‘केही समलिंङ्गी पनि भएको पाइन्छ ।’

मंगोलियन अनुहारका नेपाली बढि पीडित

लामो दाह्री पालेका अग्लाकदका हुने पठानहरुले प्रायः नेपाली तथा फिलिपिनोलाई पछ्याउने गरेको कतारमा तीन वर्ष बसेर आएका धरानका केदार बस्नेत बताउँछन् । दिउँसो कोठामा, ट्याक्सीमा वा मरुभूमिमा अनि रातको समयमा पठानहरु बाहुल्य भएको क्षेत्रको कुनै कुनामा लगेर पठानहरुले पुरुषहरूमाथि बलात्कार गर्ने उनले बताए ।

उमेश घिमिरे पनि बस्तेतसँग सहमत छन् । उनी भन्छन्, ‘३५ वर्षभन्दा कमका युवक देख्नै हुन्न, पठानहरुले शिकार बनाउन खोज्छन् ।’

पठानबाट हुने यौन हिंसाबाट बच्न नेपाली युवाहरू समूहमा हिँड्ने र पठानको गाडीमा एक्लै नचढ्ने गर्न थालेका छन् । तर, नयाँ आगन्तुकहरु भने पीडित हुनसक्ने घिमिरेले बताए ।

को हुन् पठानहरु ?

बढीजसो पाकिस्तानको उत्तर-पश्चिम क्षेत्रमा रहेका पठानहरु अफगानिस्तान र भारत तथा इरानमा समेत बस्छन् । एक अनलाइन तथ्याङ्कअनुसार पाकिस्तानमा ३ करोड र अफगानिस्तानमा १ करोड पठान छन् । फाट्टफुट्ट रूपमा भारत र इरानमा पनि पठानहरुको बसोबास गर्छन् र समलिङ्गी सम्बन्धमा बदनाम छन् ।

केही वर्ष अगाडि बनेको ‘पाकिस्तान्स हिँडेन सेम’ (पाकिस्तानको गुप्त बद्नाम) नामक डकुमेन्ट्रीले यस बारेमा धेरै तथ्यहरू बाहिर ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment