Comments Add Comment

प्रदेश १ को ५४ हजार हेक्टर खेतीयोग्य जमिनमा ठडिए नयाँ घर

२२ चैत, विराटनगर । प्रदेश १ अन्न भण्डारका रुपमा परिचित छ । तर, पछिल्ला समयमा यो प्रदेशमा मुख्य खाद्यान्नका रुपमा रहेको धानको उत्पादन घट्दो क्रममा छ ।

प्रदेश १ मा उत्पादन भएको धानले यस प्रदेशलाई बचाएर अन्य प्रदेशमा पनि निर्यात गर्दै आएको थियो ।

धान खेती हुदै आएको जमिन मासिदै जाँदा त्यस क्षेत्रमा लगाइँदै आएको धानको खेतीपनि घटदै गएको हो ।

विशेष गरी बसोवास क्षेत्रका लागि प्लटिङ गरेर खेतीयोग्य जमिन खण्डिकरण भइरहेको छ । त्यसका अबला धान खेती मासेर तरकारी खेती, माछा पोखरी निर्माण गर्ने काम भएको छ ।

यसअरी प्रत्येक वर्ष धान खेती मासिदै गएपछि प्रदेश १ अन्तर्गत रहेका १४ जिल्लामा गएको १५ वर्ष यता धानको उत्पादनमा कमी आएर १४ लाख १५ हजार ८ सय मेटि्रक टनमा समिति भएको छ ।

क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत डा. राजेन्द्र उप्रतीले यो अवधिमा ५४ हजार हेक्टर धान खेतीको क्षेत्रफल गुमेको छ ।

सन् २००३ मा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुदै आएको थियो ।

धानको वार्षिक उत्पादन पनि १६ लाख ४७ हजार मेटि्रटन रहेको थियो । तर, १५ वर्षको अन्तरमा हाल धानको वार्षिक उत्पादन १४ लाख १५ हजार ८ सय मेटि्रक टन उत्पादन रहेको छ ।

धान खेती हुने जग्गापनि खुम्चिएर ३ लाख १२ हजार हेक्टरमा सिमिति बनेको छ ।

तत्कालको पुर्वाअञ्चल कायम रहेको १६ जिल्ला मध्ये हाल यो तथ्याङ प्रदेश १ मा रहेका १४ जिल्लाको मात्र हो ।

क्षेत्रीय कृषि निर्देशनालयको अनुसार धान खेतीको प्रमुख पकेट क्षेत्र सुनसरी,मोरङ र झापा सवै भन्दा बढी धान खेती मासिएको छ ।

जसमा सुनसरी जिल्लामा सबै भन्दा बढी २७ प्रतिशत धान खेती मारिएको छ ।

१५ वर्षअघि सुनसरीमा ६१ हजार हेक्टरमा धान खेती हुर्दै आएकोमा हाल सो दर घटेर ४५ हेक्टरमा सिमिति भएको छ ।

मोरङ जिल्ल्लामा ९८ हजार हेक्टरमा हुदै आएको धान खेती अहिले ८२ हजार हेक्टरमा सिमिति भएको छ ।

त्यसैगरी झापामा ९२ हेक्टरमा हुँदै आएको धान खेती घटेर ८३ हेक्टरमा सिमिति भएको छ ।

अन्य जिल्लाहरुमा पनि धान खेती हुने जग्गा मासिएको तथ्याङले देखाएको छ ।

प्रदेश १ का १४ वटै जिल्लामा धान खेती हुने गरेको छ । प्रदेश नं १ ले कुल धानको उत्पादन मध्ये आफनो प्रदेशमा खपत गरेर वार्षिक ३ हजार मेटि्रक टन धान अन्यत्र निर्यात हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment