Comments Add Comment

काभ्रेली समूहका धावा र रोशन समातिए

४ बैशाख, काठमाडौं । गुन्डागर्दीमा संलग्न काभ्रेली समुहका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध–९ का ३१ वर्षीय धावा लामा र २७ वर्षीय रोशन तामाङ छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले पक्राउ गरेको हो । उनीहरु हप्ता असुलीमा सक्रिय थिए ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनकुमार थापाका अनुसार उनीहरुमाथि सार्वजनिक अपराध अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment