+
+

मनोज पुनका सुराकी माओवादी र युथफोर्सका नेता !

माअोवादी केन्द्रका केन्द्रीय सदस्यसहित ५ जना समातिए

टोपराज शर्मा/कपिल ज्ञवाली टोपराज शर्मा/कपिल ज्ञवाली
२०७५ वैशाख ५ गते २०:१३

५ बैशाख, रुपन्देही । दुई महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनका ५ जना सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुल्सी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्का छन् ।

पक्राउ परेका लेखनाथ माअोवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने उत्तम युथ फोर्सका पूर्व जिल्ला नेता हुन् । श्रेष्ठ मदिरा उद्योगी हुन् ।

उनीहरुले मनोजलाई जिल्लाका उद्योगी व्यवसायीहरुको सम्पूर्ण विवरणहरु उपलब्ध गराउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले बताए । पुनले उनीहरूलार्इ सुराकीको रूपमा प्रयोग गरेका थिए ।

प्रहरीका अनुसार उनीहरुले पुनलाई अापराधिक कार्य गर्न प्रोत्साहन गर्ने र आर्थिक सहयोग समेत गर्ने गरेका थिए । उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस् 

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

मनोज पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?