Comments Add Comment

दयालाई प्रश्न–‘तपाइको फिल्मले ६ शो पाउँदा प्रदिपको फिल्मले २५ शो पायो नी ?’

के तपाइको स्टारडम कमजोर भएको हो ?

नेपाली चलचित्र क्षेत्रमा नायक दयाहाङ राइको अभिनय रहेको चलचित्र मल्टिप्लेक्समा चल्दै गर्दा अन्य निर्माता चलचित्र रिलिजका लागि डराउने अवस्था थियो । तर, अहिले समय बदलिएको छ । शुक्रबारदेखि रिलिज भएको दयाको मुख्य भूमिका रहेको चलचित्र ‘नेप्टे’ले काठमाण्डौको क्यूएफएक्समा ६ शो पाउँदै गर्दा चलचित्र क्षेत्रमा स्टारडम बनाउँदै गरेका नायक प्रदिप खड्काको चलचित्रले २५ शो पायो ।

आखिर, के हलवालाहरुले दयालाई विश्वास गर्न छाडेका हुन् ?यो प्रश्नमा दयाले भनेका छन्–‘पृथ्वी गोलो छ । सधै एउटै मान्छे नै चलिरहन्छ भन्ने छैन । बजारले फेरि खोज्ने भनेको स्टारडम नै हो । तर, म स्टारडम नभई कन्टेन्टमा विश्वास गर्छु । हामी, कन्टेन्टलाई विकाउन कहिले पनि आइडिया लगाउँदैनौ । यसैले, कहिलेकाही स्टारलाई विकाउन गलत प्रचार पनि भएको हुनसक्छ ।’

दयाले, आफूले अभिनय गरेका कैयौ चलचित्र कन्टेन्ट राम्रो भएर चलेको बताए । ती चलचित्र चलेपछि आफू पनि चलेको उनको तर्क छ । अहिले आफूले काम गरेका चलचित्रका बिषयवस्तु कमजोर भएको हुनसक्ने उनले स्विकार गरे । उनले भने–‘मेरा चलचित्रका बिषय कमजोर भएकी । वा म नै कमजोर भएकी । बजारमा यी दुबै कुराको सन्तुलन मिल्न जरुरी छ ।’

उनले अडियन्सले पनि नयाँ नयाँ टेष्ट खोज्ने बताए । यसैले पनि अहिले उदाउँदै गरेका कलाकारका चलचित्रले राम्रो व्यापार गर्नु स्वभाविक नै भएको उनले तर्क गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment