+
+
Shares

एमाले-माओवादी कार्यक्रममा दुई ब्यानर, लेनिनको फोटो मेचमाथि

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ९ गते १५:४९


९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रममा दुईवटा ब्यानर राखिएको छ ।

लेनिन जयन्ती समेत पर्ने आइतबारको कार्यक्रमको ब्यानरमा कम्युनिष्ट नेता लेनिनको तस्वीर नराखिएको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाएपछि ब्यानर झिकिएको थियो ।

ब्यानर झिकेर तीन घण्टा कार्यक्रम स्थगित गरेपछि दुईवटा व्यानर राखिएको हो ।

माओवादी कार्यकर्ताको विरोधका कारण निकालिएको ब्यानर तीन घण्टापछि फेरि राखिएपछि फेरि सभाहलमा माओवादी कार्यकर्ताले होहल्ला गरेका थिए । वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटाले नयाँ ब्यानर आउँदैछ भन्दै कार्यकर्तालाई शान्त रहन आग्रह गरेका थिए ।

त्यसको केही बेरमा दुईवटा ब्यानर राखिएको हो ।

कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले मार्क्स र लेनिनको तस्वीर मञ्चमा मेचमाथि राखेका छन् ।

यो पनि पढ्नुहोस्

लेनिनकै फोटो छुट्यो ! एमाले-माओवादीको संयुक्त कार्यक्रममा लफडा (भिडियोसहित)

ओली र प्रचण्डले गल्ती स्वीकारे, दुईवटा ब्यानरमा कार्यक्रम हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?