
२१ वैशाख, काठमाडौं । नेपालको सार्वजनिक सडक कसरी निजी क्षेत्रको कब्जामा गएको रहेछ र आम जनता कस्तो मारमा पर्दै आइरहेका छन् भन्ने प्रमाण शुक्रबार सिण्डिकेटवालाले खाली गराएको सडकको दृश्यले स्पष्ट पारेको छ । यस्तो लाग्छ कि सार्वजनिक सडक भनेको यात्रुहरुलाई लुट र खस्यौट गर्ने स्थल हो, जहाँ सरकारको कुनै उपस्थिति छैन ।
यातायात व्यवसायीले सार्वजनिक सवारी साधनहरु ग्यारेजमा थन्क्याउने निर्णय गरे पनि काठमाडौंका सडकहरुमा भाडाका ट्याक्सीहरु चलिरहेका छन् । उनीहरुले १ सय रुपैयाँ लाग्ने बाटोमा यात्रुहरुलाई एक हजाररुपैयाँसम्म शुल्क लिएर ठग्न थालेको यात्रुहरुको गुनासो छ ।
काठमाडौंबा ट्याक्सीहरुले मिटरमा यात्रु बोक्न छाडेको धेरै समय भइसकेको छ । यस्तो अवस्थामा पनि सरकार निरीह र मूकदर्शक बन्दै आएरहेको छ । गृहमन्त्रालयले ट्याक्सी व्यवसायीहरुलाई मिटरमा यात्रुसँग भाडा लिने नियम लगाउन सकेको छैन ।
यसैवीच व्ययवसायीले भाडाका सवारी बन्द गरेपछि काठमाडौंमा शुक्रबार बिहानैदेखि ट्याक्सीवालाहरुको ठगी धन्दा मौलाएको छ ।
यात्रुहरु अन्य विबल्प नभएकाले तेब्बर चौबर पैसा तिरेर हिँड्न बाध्य छन् ।
विकल्पविहीन सरकार
यातायात क्षेत्रमा सरकार कतिसम्म निरीह र निकम्बा रहेछ भन्ने पनि शुक्रबारको बन्दले खुलासा गरिदिएको छ । सिण्डिकेटवालाले सडक खाली गरिदिँदा सरकारसँग कुनै विकल्प छैन ।
राजधानीमा साझा बसले केही यात्रुहरु ओसारिरहेको छ, तर त्यो पर्याप्त छैन । त्यस्तै कम्पनीमा दर्ता भएको मयुर यातायात काठमाडौंबाट भकुण्डबेंसीसम्म चलेको छ । तर, सरकारले यात्रुहरुको समस्या सम्वोधन गर्न सकेको छैन । काठमाडौं बाहिरका शहरमा त झनै सरकारको उपस्थिति छैन ।
यस्तो अवस्थामा विगतमा सेना र प्रहरीहरुले पनि केही गाडीहरु यात्रुका लागि चलाउने गरेकोमा शुक्रबार सडकमा त्यस्तो दृश्य देखिएको छैन । सरकारले यात्रुहरुमाथि परेको मारप्रति कुनै विकल्प सोचेको देखिँदैन । र, यही अवस्था रही रहे सिण्डिकेटका पक्षधरहरुको मनोवल बढ्ने संकेत देखिएको छ ।
राजधानी बाहिर ई–रिक्साको मनपरी

काठमाडौंमा ट्याक्सीवालाहरुले दिन दहाडै यात्रुलाई ठगिरहेका बेला काठमाडौं बाहिर ई–रिक्साको ठगीधन्दा मौलाएको छ । सडकमा जंगली राज चलेको छ, जहाँ सरकारको कुनै नीति नियम छैन, निजी सवारीको मनपरी छ ।
राजधानीमा जस्तै तराईका जिल्लाका यात्रुहरु ई–रिक्सामा महंगो भाडा तिरेर यात्रा गर्न वाध्य भएका छन् ।
‘हामीलाई हड्ताल छ भन्ने थाहा थिएन, एक्कासी बुटवल आएपछि थाहा पायौं’– भारतमा रोजगारी गर्दै आएका कैलालीका मनोट भट्टले भने–‘गाउँमा जानैपर्ने आकस्मिक कामले गर्दा छुट्टी मिलाएर आएको, अब कसरी पुग्ने होला ?’
यी पनि पढ्नुस्
कास्कीका यातायात व्यवसायीले जिल्ला छाडे
गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ
सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो
यात्रु ओसार्न सडकमा निस्किए काभ्रेका निजी विद्यालयका बस
उपभोक्ताकर्मीको अपीलः सिन्डिकेट तोड्ने लडाइँमा निजी सवारीले लिफ्ट दिएर सहयोग गर्नुस्
सिन्डिकेटविरुद्ध साझादेखि अन्नपूर्णसम्म (फोटोफिचर)
कुन कम्पनीको बस कुन रुटमा चल्दैछन् ? हेर्नुहोस् सूची
देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग
सडकमा ट्याक्सी र ई–रिक्साको मनपरि, सरकार कहाँ छ ?
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4