+

चर्को घामको सोझो प्रभावले छालाको क्यान्सर हुनसक्छ, यसरी लगाउने सन क्रिम

२०७५ वैशाख  २५ गते १२:५१ २०७५ वैशाख २५ गते १२:५१
चर्को घामको सोझो प्रभावले छालाको क्यान्सर हुनसक्छ, यसरी लगाउने सन क्रिम


घामको राप बढ्दैछ । घर बाहिर हिँडडुल गर्दा घामले पोल्छ, छाला डढाउँछ । घामको सोझो प्रभावले छालाको सौन्दर्य नष्ट गर्छ । साथसाथै यसको विकिरणले छालाको क्यान्सर हुने खतरा पनि रहन्छ ।

घामको सोझो रापबाट बच्ने कसरी त ? यसका केही काइदा छन् ।

पहिलो, चर्को घाममा घरबाहिर नहिँड्ने । बिहान वा साँझ मात्र घरबाहिर हिँडडुल गर्न सकिन्छ । दोस्रो, घरबाहिर निस्कदा छाता ओड्ने । सल वा पातलो कपडाले शरीरका नाङ्गो भाग ढाक्ने । तर, दैनिक कामकाजका लागि हामीलाई कहिले कहाँ-कहिले कहाँ पुगिरहनुपर्छ । घरबाहिर निस्कनुपर्छ । चर्को घाममा काम गर्नुपर्छ, हिँड्नुपर्छ । यस्तो अवस्थामा घामको असरबाट छालालाई बचाउन सन प्रोटेक्सन क्रिम लगाउने गरिन्छ ।

हुन त चर्को घाममा मात्र होइन, अन्य दिनमा पनि सन प्रोटेक्सन क्रिम प्रयोग गर्नुपर्छ । यसले घामको किरणलाई छालाको तहसम्म पुग्न दिदैन । र, छालाको सौन्दर्य जोगाउँछ ।

त्यसो त धेरैजसोले सन प्रोटेक्सन क्रिम प्रयोग गरिरहेकै पनि हुन्छन् । सन प्रोटेक्सन क्रिम अहिले अनिवार्य जस्तै भएको छ । तर, सन प्रोटेक्सन क्रिम कसरी प्रयोग गर्ने, कुन प्रयोग गर्ने, कति प्रयोग गर्ने भन्ने बारे हामीलाई हेक्का हुँदैन । यही कारण सन प्रोटेक्सन क्रिमले प्रभावकारी रुपमा काम गरिरहेका हुँदैन ।

कसरी प्रयोग गर्ने त ?

– आफु बस्ने क्षेत्रको तापमान अनुसारको एसपिएफ हेरेर उपयुक्त सन प्रोटेक्सन क्रिम प्रयोग गर्नुपर्छ । यस्ता क्रिममा एसपिएफ उल्लेख गरिएको हुन्छ, जसले सन प्रोटेक्सन फ्याक्टर भन्ने जनाउँछ ।

– छालामा सोझै क्रिम लगाउनु हुँदैन । पहिला मोश्चराइजर लगाउनु त्यसमाथिबाट सन प्रोटेक्सनको लेपन लगाउने ।

– घाममा निस्कनु २० मिनेटअघि नै सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । किनभने, सन क्रिममा रहेको इन्ग्रीडिएन्ट्सलाई सक्रिय हुनका लागि कम्तिमा २० मिनेट लाग्छ ।

– घामबाट आउनसाथ तुरुन्तै अनुहार धुनु हुँदैन । किनभने यसले तपाईको रक्तवहानी नलीलाई तापमान अनुकुल हुने मौका मिल्दैन ।

– बाहिरबाट आउनसाथ छालालाई कोठाको सामान्य तापमानमा आउन दिने । त्यसपछि पानी छर्किएर छाला सफा गर्ने । छाला धुनसाथ टोनर आवश्य लगाउनुपर्छ ।

– संभव भएसम्म गर्मीको मौसममा मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म घरबाहिर निस्कनु उपयुक्त हुँदैन । किनभने यस समयमा अत्याधिक गर्मी हुन्छ ।

– बाहिर हिँड्दा अनुहारमा माक्स लगाउनु उपयुक्त हुन्छ ।

– सन प्रोटेक्सन क्रिमलाई धेरै रगडेर लगाउनु हुँदैन । साथै क्रिमलाई थोरै पनि लगाउनु हुँदैन, जसले छालालाई सुरक्षा प्रदान गर्दैैन ।

घामको बिकिरण खतरनाक

बेलायतको अखबार ‘डेली मेल’ले एउटा रिपोर्ट प्रकासित गरेको छ, जसमा सूर्यको सोझो किरणको प्रभाव कति हानिकारक हुन्छ भन्ने तथ्य उल्लेख छ । उक्त खबर अनुसार घामको सोझो प्रभावले छालालाई रुखो र बुढो बनाउँछ । घामको किरणले हाम्रो छालालाई सामान्यभन्दा सात बर्ष बुढो बनाइदिने दावी गरिएको छ । साथै छालामा दाग, धब्बा आउने, चाहुरी पर्ने जस्ता समस्या पनि हुन्छ ।

केवल १५ मिनेटमा सूर्यको पराबैंगनी किरणले छालाको सौन्दर्यलाई नष्ट गर्छ । हुन त जीवनको अस्तित्वको लागि घाम नभई हुँदैन । तर, पराबैंगनी किरण भने स्वास्थ्यका लागि एकदमै हानिकारक छ । यसले छालामा क्यान्सर जस्ता रोग निम्त्याउन सक्छ ।

घामको सोझो प्रभावले छाला रुखो हुने, क्यान्सर हुने वा आँखाको दृष्टि कमजोर बनाउन सक्छ ।

हरेक दिन सन् प्रोटेक्सन क्रिम लगाउनु किन आवश्यक छ ?

स्किन क्यान्सरको संभावना कम गर्नका लागि

हानिकारक किरणबाट छालालाई रक्षा गर्नका लागि

दाग धब्बाबाट बच्नका लागि

उमेरभन्दा अगाडि नै बुढोपन देख्नबाट बच्नका लागि

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय