+
+
Shares

यस्ती देखिइन् बेहुली रुपमा सोनम कपुर

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २५ गते १४:०७


बलिउड अभिनेत्री सोनम कपुर आज आफ्ना प्रेमी आनन्द आहुदासँग विवाह वन्धनमा बाँधिँदैछिन् । यतिबेला कपुर निवासमा विवाहको तामझाम सुरु भइसकेको छ ।

सोनम कपुर प्रख्या अभिनेता अनिल कपुरकी छोरी पनि हुन् । त्यसैले भारतीय सञ्चारमाध्यमले यो बिहेलाई निकै महत्व दिएका छन् । बिहेका पलपलका अपडेटहरु आइरहेका छन् ।

सोनम कपुरको बेहुली लुक्स पनि बाहिरिएको छ । उनी निकै सुन्दर देखिएकी छिन् । उनले रेड र गोल्डेन बोर्डरको लहंगा लगाएकी छिन् । लहंगालाई कम्प्िलमेन्ट गर्नका लागि चोकर नेकलेसका साथ पर्ल बीडेड रानी हार लगाएकी छिन् । गोल्डेन र रातो रंगको चुराले उनको हात सजिएको छ । उनको मेकअप भने हल्का छ ।

यसैगरी दुलाहा आनन्दको लुक्स पनि सार्वजनिक भइसकेको छ । डार्क रंगको नेहरु कलर शेरवानीमा आनन्द पर्फ]{ट दुलाहा देखिएका छन् । शेरवानीमा रुबीज बीडिड ग्रूम ज्वेलरीमा आनन्द ठाँटीएका छन् ।

यता सोनमका पिता अनिल कपुर ह्वाइट सेड कुर्तापाइजामामा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?