Comments Add Comment

साथीको हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

२६ वैशाख, काठमाडौं । १३ वर्षअघि साथीको हत्या गरी फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

२०६२ माघ १३ गते काठमाडौं नयाँपाटीको पण्डितगाउँमा इलामका महेश राईको हत्यामा संलग्नको आरोपमा इलामको माङसेबुङ गाउँपालिका ६ का २८ वर्षीय अदिपकुमार राई पक्राउ परेका हुन् ।

निर्माणाधीन घरमा फर्मासम्बन्धी काम गर्न बसेका महेशलाई उनकै ३ जना साथीले हत्या गरी फरार भएका थिए ।

तीमध्ये अदिपलाई सोमबार इलामको माङसेबुङ गाउँपालिका ६ पञ्चमीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । उनलाई कानुनी कारबाहीका लागि बुधबार महानगरीय प्रहरी वृत्त बौद्धमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment