Comments Add Comment

दीपिकाले यसरी राख्छिन् आफूलाई फिट

बलिउडकी चर्चित अभिनेत्री हुन् दीपिका पादुकोण । दीपिका फिल्मको पर्दामा जति फिट तथा एक्टिभ देखिन्छिन्, वास्तविक जीवनमा पनि उनी त्यति नै फिट तथा एक्टिभ छिन् । उनको फिटनेस, सुन्दर अनुहार तथा फ्ल्याट टमीकै कारण मानिसहरू दीपिका भनेपछि भुतुक्कै हुने गर्छन् । के हो त उनको फिटनेस तथा सुन्दरताको रहस्य ?

भारतको एक चर्चित पत्रिकाले लेखेअनुसार दीपिकाको सुन्दरता तथा फिटनेसको रहस्य उनको सामान्य जीवनशैली हो । उनको अनुशासित जीवनशैली हो । त्यसबाहेक नियमित व्यायाम हो ।

जसले दीपिकालाई दिनप्रतिदिन सुन्दर त बनाएको छ नै  । फिट तथा एक्टिभ समेत राखेको छ ।

दीपिकाको फिटनेस रुटिन

प्रत्येक दिनको व्यस्त कामका बाबजुद दीपिका आफूलाई फिट तथा एक्टिभ राख्न नियमित रूपमा व्यायाम गर्छिन् । व्यायाममा उनलाई योग गर्न बढी मन पर्छ । त्यसैले विहान छ बजे उठ्नासाथ उनी योग तथा प|mी ह्याण्ड एक्सरसाइज गर्छिन् । योगमा उनी सूर्य नमस्कार, मार्जरी आसन, सर्वांगासन, वीरभद्र आसन, प्राणायाम तथा गहिरो सास लिने गर्दछिन् ।

दीपिका सधैं जीम जाँदिनन् । बरु घर बसेर पिलेट्स तथा स्ट्रेचिङजस्ता व्यायाम गर्छिन् । दीपिकालाई कुद्न त्यति मन पर्दैन । उनी प्रत्येक दिन व्यायाम गरिसकेपछि करिब आधा घण्टा घर वरिपरि नै हिँड्ने गर्छिन् । उनी आफूलाई फिट राख्न डान्स पनि गर्छिन् । उनको बुझाइ छ, ‘शरीरलाई फिट राख्न गरिने विभिन्न व्यायामहरूमध्ये डान्स एक राम्रो व्यायाम हो ।’

खानपान

बिहान दीपिका दुईवटा अण्डा, लो फ्याटयुक्त दूध, उपमा, इड्ली वा डोसा खान मन पराउँछिन् । दिउसो दुईटा रोटीको साथमा गि्रल गरिएको माछा तथा ताजा सागसब्जी खान्छिन् जुन उनको सबैभन्दा मनपर्ने खाना हो ।

साँझको स्न्याक्समा ड्राई फ्रुटको साथमा फिल्टर गरिएको कफी पिउन रुचाउने दीपिका रातमा भने दुईवटा रोटीसँग हरियो साजपात तथा सलाद खान रुचाउँछिन् ।

यसबाहेक उनी प्रत्येक दुई दुई घण्टामा ताजा फलफुल, जुस तथा नरिवल पानी खान्छिन् भने रातको समयमा सकेसम्म ननभेज सेवन गर्दिनन् ।

सुन्दरताको रहस्य

बाजिराव मस्तानी, पद्मावतजस्ता फिल्ममा दमदार भूमिका निर्वाह गरिसकेकी दीपिका पर्दामा जति सुन्दर देखिन्छिन्, वास्तविकता जीवनमा पनि त्यति नै राम्री छिन् ।

यसको कारण के हो भने दीपिका आफूलाई हाइड्रेट -शरीरमा पानीको कमी हुन नदिन) बनाइराख्न पर्याप्त मात्रामा पानीको सेवन गर्छिन् । प्रत्येक दिन स्टिम बाथका साथै बडी मसाज गर्छिन् । छालालाई सुन्दर बनाउन क्लिन्जिङ, टोनिङ्ग एवं मोइस्चराइजिङ्ग गर्छिन् ।

सुटिङ वा कुनै कार्यक्रमबाट र्फकनासाथ क्लिन्जिङ, टोनिङ्ग र मोइस्चराइजिङ्ग गर्न दीपिका कहिल्यै भुल्दिनन् । छालालाई क्लिन्जिङ, टोनिङ्ग र मोइस्चराइज गर्नु दीपिकाको जीवनको अभिन्न अंग हो । त्यसबाहेक धुलोधुवाँ तथा घामपानीका कारण बिगि्रएको  कपाललाई रिपेयर गर्न नियमित नरिवलको तेलले कपालको मालिस गर्छिन् ।

दीपिकाको फिटनेस मन्त्र

-स्वस्थ रहन ताजा तथा स्वस्थकर खानाको सेवन गर्ने

-स्लिम हुने मात्र नभई, भित्रैदेखि स्वस्थ रहने

-नियमित रूपमा व्यायाम तथा शारीरिक श्रम गर्ने

-दैनिकीमा विभिन्न खेललाई समावेश गर्ने

-डान्स गरेर शरीरमा रहेको अतिरिक्त बोसो कम गर्ने

-सन्तुलित आहार खाने, मज्जाले सुत्ने तथा प्रशस्त मात्रामा पानी पिउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment