Comments Add Comment

डाइनिङ टेबल सेट गर्ने कसरी ? केही तरिका छन् यस्ता

आज म त खान्छु है भात

पिरुकामा पलेटी कसेर….

कुनै बेलाको यो कुरा हिजोआज इतिहास बन्ने क्रममा छ । धेरैजसो शहरी एवं आंशिक ग्रामीण घरहरूमा डाइनिङ टेबुल सामान्य बनिसकेका छन् ।

हिजोआज हरेकजसो घरमा डाइनिङ टेबल हुन्छन् । डाइनिङ टेबल सेट गर्ने क्रममा सिर्जनशीलता अँगाल्न सके पाहुनाहरूलाई प्रभावित तुल्याउन सकिन्छ । घरकै शोभा वृद्धि हुन्छ अनि लिभिङ तथा डाइनिङ रुमको स्तरमा बढोत्तरी हुन्छ । डाइनिङ टेबल सेट गर्ने समयमा धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ ।

रातको समयमा पाहुना आउँदै छन् भने डाइनिङ टेबल सजाउँदा विशेष ध्यान पुर्‍याउनुपर्छ । डाइनिङ टेबल राम्रो देखियोस् र पाहुनालाई कुनै पनि समस्या नहोस् भन्ने कुरामा विशेष विचार गर्नुपर्छ । यसका लागि निमनअनुसारका ६ उपाय सहयोगी हुनसक्छन् ः

सरसफाइ

जुनसुकै समय एवं परिस्थितिमा पनि सरसफाइ पहिलो प्राथमिकतामा पर्ने गर्छ । सफा छ भने नराम्रै कुरा पनि आकर्षक देखिनसक्छ अनि मूल्यवान् वस्तु पनि फोहोरका कारण घटिया लाग्नसक्छ । त्यसैले डाइनिङ टेबललाई हरहमेशा सफा राख्नुपर्छ । पाहुना आउँदै छन् भने उनीहरू आइपुग्नुअघि नै टेबललाई राम्रोसँग पुछेर त्यसमा न्याप्किन तथा प्लेट सजाउनुपर्छ ।

रखाइको तरिका

टेबलमाथि टेबल म्याट राख्दा राम्रो देखिनुका साथै सजिलै सफा गर्न सकिने किसिमको हुनुपर्छ । प्रयोग गरिसकेपछि सफा गर्न समस्या नहुने खालको हुनुपर्छ ।

सेन्टरपिस

टेबलको बीच भागमा सेन्टर पिस राखिदिँदा टेबलमाथि राखिएका अन्य सामग्री आप\mना स्थानमा राम्रोसँग मिलेको देखिन्छ । यसले टेबलको शोभा समेत वृद्धि गर्छ । सेन्टरपिसका रूपमा फूलको भास अथवा शो पिस आदि राख्न सकिन्छ । सेन्टर पिस राख्ने मन छैन भने उक्त स्थानमा न्यापकिनको सेट राखे पनि राम्रै देखिन्छ ।

कटलरी

कटलरी राख्ने तरिका थाहा पाइएन वा यसलाई कसरी राख्नुपर्छ भन्ने कुरा जानिएन भने समस्या हुनसक्छ । खानेकुराको विविधता एवं प्रकारअनुसार आवश्यक कटलरी राख्न सकिन्छ ।

प्लेट

बेस प्लेटलाई न्यापकिनमाथि राख्नुपर्छ । बेस प्लेटका लागि सेतो रंगको प्लेट उपयुक्त हुन्छ । खानेकुराले भरिएका भाँडाहरूलाई डाइनिङ टेबलको बीच भागमा सबैतर्फबाट सजलै लिन सकिने गरी मिलाएर राख्नु राम्रो हुन्छ । साइड एवं सर्भिस प्लेटहरूलाई आवश्यकताअनुसार मिलाउर राख्नुपर्छ ।

अनावश्यक सामग्री हटाउने

डिनरका लागि तयार डाइनिङ टेबलमा अनावश्यक सरसामान राख्नुहुँदैन । प्रयोग गर्न सजिलो हुने खालको हुनुपर्छ । बेकारका सामानहरूलाई हटाएर खुला ठाउँ अधिकाधिक राख्ने प्रयास गर्दा कुनै सामानमा हात ठोक्किएर आवाज आउने, ढल्ने, पोखिनेजस्ता समस्या आउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment