+

आयुर्वेद भर्सेस एलोप्याथी: कुन विश्वसनिय र प्रभावकारी हुन्छ ?

२०७५ जेठ  १ गते ११:२६ २०७५ जेठ १ गते ११:२६
आयुर्वेद भर्सेस एलोप्याथी: कुन विश्वसनिय र प्रभावकारी हुन्छ ?


यतिबेला डा. उपेन्द्र देवकोटा जटिल रोगसँग जुधिरहेका छन् । आधुनिक चिकित्सा विज्ञानले समेत उनको रोग ‘निको नहुने’ कोटीमा राखेको छ । यो कुरा स्वमं देवकोटाले स्वीकारिसकेका छन् ।

डा. देवकोटा देश–विदेशमा कहलिएका न्यूरो सर्जन हुन् । चिकित्सा विज्ञानकै धरातल टेकेर ख्याति कमाएका उनी आज वैकल्पिक उपचारको क्रममा रहेको बताइन्छ । अर्थात् आयुर्वेदिक उपचार । समाचारहरुका हेडलाइन देख्न सकिन्छ, ‘ड. देवकोटाको आयुर्वेदिक उपचार शुरु ।’

कतिपयले डा. देवकोटालाई सताइरहेको दुर्लभ क्यान्सर आफ्नो आयुर्वेदिक उपचारले निको हुने दाबीसमेत गरिरहेका छन् ।

आयुर्वेदबारे हामी अनविज्ञ छैनौं । परापूर्व कालदेखि हामीले वैकल्पिक उपचारको रुपमा आयुर्वेदिक उपचारलाई अपनाउँदै र विश्वास गर्दै आएका छौं । आयुर्वेदको प्रभाव एलोपेथिकको जस्तो तुरुन्तै हुँदैन ।

यद्यपि, यसले दीर्घकालीन रुपमा रोगमुक्त गराउँछ भन्ने हाम्रो विश्वास छ । साथै हामीलाई के पनि विश्वास छ भने आयुर्वेदिक उपचारको कुनै साइड इफेक्ट छैन । वास्तविकता के हो त ? के आयुर्वेदिक उपचार पद्धती वास्तवमै भरपर्दो, विश्वसनीय र प्रभावकारी हुन्छ ? अनलाइनखबरले यसबारे एक सामाग्री तयार गरेको छ ।

आयुर्वेद भर्सेस एलोपेथिक

आयुर्वेद र एलोप्याथीकबारे सोच्दा सबैभन्दा पहिले तपाईंको दिमागमा के आउँछ ?

एलोप्याथिक औषधिले आयुर्वेदिक औषधिले भन्दा छिटो रोग निको बनाउँछ भन्ने कुरा धेरैको मनमा आउँछ ।

यो केही हदसम्म सत्य पनि छ किनभने आयुर्वेदिक औषधिहरूले तुलनात्मक रूपमा ढिलो तर स्थायी रूपमा राहत दिन्छ । तपाईँले आफ्नो रोगअनुसार उपयुक्त किसिमको उपचार रोज्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

के आयुर्वेदिक उपचार साच्चै नै ढिलो हो ?

मानिसहरूले आयुर्वेदिक उपचारहरू ढिलो हुन्छ भनेर किन विश्वास गर्छन् भन्ने कुरा सोचेर तपार्इं आश्चर्यमा पर्नुभएको होला । यो कुरा केही हदसम्म सत्य पनि हो ।

हामी अरू सबै उपाय असफल भएपछि मात्रै आयुर्वेदिक उपचार गर्नतिर लाग्छौँ । यो समयसम्म हामीले एलोप्याथिक उपचारका क्रममा विभिन्न रसायनहरू खाएका हुन्छौँ । आयुर्वेदिक औषधिले सबैभन्दा पहिले हाम्रो शरीरलाई त्यसको साइडइफेक्टबाट निको बनाउँछ, अनि मात्र रोगको उपचार गर्नतिर लाग्छ ।

एलोप्याथी उपचार

तपार्इंलाई किन तीव्र गतिमा गाडी कुदाउन मनपर्छ ?

सम्भवतः तपाईं छिटो आफ्नो गन्तव्यमा पुग्न चाहनुहुन्छ त्यसैले छिटो गाडी कुदाउनुहुन्छ । एलोप्याथी आयुर्वेदभन्दा किन फरक छ भन्ने कुरालाई यसैले वर्णन गर्छ ।

एलोप्याथी औषधिहरूको साइड इफेक्टलाई छाडेर कुरा गर्दा आकस्मिक अवस्थामा एलोप्याथिक डाक्टरकहाँ जानु धेरै नै राम्रो हुन्छ । उदाहरणका लागि तपाईं कुनै दुर्घटनामा पर्नुभयो भने (यस्तो कहिल्यै नहोस् भन्ने मेरो कामना छ) तपाईं हतार हतार एलोप्याथिक उपचार गर्ने डाक्टरकहाँ जानुपर्छ ।

तपाईंलाई ठीक हुनका लागि धेरै समय बाँकी छ भन्ने कुरामा ढुक्क हुनुहुँदैन भने तपाईं आयुर्वेदिक उपचारतिर लाग्नुभयो भने यो उपयुक्त नहुनसक्छ । आकस्मिक अवस्थामा एलोप्याथिक उपचार गर्नु राम्रो हुन्छ ।

आयुर्वेद

आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार गर्छ ।

आयुर्वेद कुनै पनि रोगबाट पूर्ण रूपमा छुटकारा पाउने कुरासँग सम्बन्धित छ र यसले समग्र स्वास्थ्यमा सुधार ल्याउन उपयुक्त जीवनशैली अपनाउन पनि सुझाव दिन्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यो प्राकृतिक जडिबुटीहरू र अन्य प्राकृतिक पदार्थहरूबाट बन्ने भएकाले यसको कुनै पनि साइड इफेक्ट हुँदैन ।

आयुर्वेदले तपाईंको रोगको कारणलाई ध्यान दिँदै त्यसको उपचारको लागि शरीरको प्रभावित भागको उपचारमा ध्यान दिन्छ । उपचारलाई प्रभावकारी बनाउन स्वस्थ जीवनशैली अपनाउनुपर्छ र खानामा नियन्त्रण गर्नुपर्छ ।

आफूलाई मन पर्ने खाना नखाने कुरा तपाईंलाई मन नपर्न सक्छ । यसलाई पालना गरेमा आयुर्वेदिक उपचारले छिटो र प्रभावकारी रूपमा रोग निर्मूल गर्नसक्छ । यसले तनमन दुवैलाई स्वस्थ बनाउँछ ।

आश्चर्यजनक तथ्यहरू

आयुर्वेदिक औषधि जडिबुटीबाट बन्ने भएकाले यसले हानी गर्दैन भनेर आँखा चिम्लेर विश्वास गर्ने हाम्रो बानी छ । यद्यपि, सत्य कुरा के हो भने आयुर्वेदिक औषधि पनि एलोप्याथिक औषधिजस्तै हानिकारक हुन सक्छ ।

केही यस्ता आयुर्वेदिक उपचार पद्धतिका अभ्यासकर्ता पनि छन् जसले अशुद्ध पदार्थहरू मिसिएका आयुर्वेदिक औषधिहरू प्रयोग गर्छन् ।

शुद्ध आयुर्वेदिक औषधिहरू कहाँ कसरी पाउन सकिन्छ भनेर तपाईं सोचमग्न हुनुभएको होला । सबैभन्दा सजिलो उपाय भनेको आफ्नै औषधि उत्पादन युनिट भएको आयुर्वेदिक उपचार केन्द्रको औषधि प्रयोग गर्नु हो ।

आहार तथा पोषण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?