Comments Add Comment

बजेटबारे बाबुरामले भने- कम्युनिस्ट सरकारले ठूलो मौका गुमायो

१५ जेठ, काठमाडौं । सफल अर्थमन्त्रीको पहिचान बनाएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कम्युनिस्ट सरकारले ठूलो मौका गुमाएको भन्दै बजेटले आफूलाई निराश बनाएको प्रतिक्रिया दिएका छन् ।

भट्टराईले बहुमत प्राप्त वामपन्थी सरकारको बजेट पुरानैको निरन्तरतामात्र भएको टिप्पणी गरे ।

बजेटबारे प्रतिक्रिया दिदै भने ‘विकास र समृद्धिको आधार बन्छ त्यसका लागि गुणात्मक कार्यक्रम आउँछ भन्ने थियो तर त्यो देखिएन । यो बजेटबाट उहाँहरुलाई नै नोक्सान हुन्छ । आफैंले देखाएका सपना तुहाउनुभएको छ ।

डा. भट्टराईले स्थानीय तह र प्रदेशलाई जम्मा ४ खर्बमात्र विनियोजन गर्नु गम्भीर त्रुटी भएको प्रतिक्रिया दिए । उनले आशाजनक नयाँ योजना र संस्थागत परिवर्तनका कुनै कुरा बजेटले ल्याउन नसकेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment