+
+

वर्षायाममा लाग्ने रोग, यसबाट कसरी बँच्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १६ गते ११:०३

वर्षायाम सुरु भएसँगै धेरै मानिसहरुलाई घरको आरामदायी ठाउँबाट बाहिर परेको पानीको सुन्दर मौसम हेर्दै तातो पकौडा र चिया खान मनपर्छ ।

त्यस्तै कोही यस्ता पनि छन्, जसलाई वर्षायाममा पानीमा भिज्न मन लाग्छ । पानीमा भिज्नु धेरै नै रमाइलो अनुभव हुन त सक्छ तर, यसले तपाईलाई बिरामी पनि बनाउन सक्छ । तपाई यसबारेमा होसियार हुनुभयो भने यस्ता रोगहरुबाट छुटकारा पाउन धेरै गाह्रो छैन ।

वर्षायामले हरियालीको साथै रमाइलो र चिसो मौसम लिएर आउँछ । तर, यसले विभिन्न खालका स्वास्थ्य समस्याहरु पनि सँगै लिएर आउँछ । यदि तपाई यस्ता रोगको कारण बिरामी हुनुभयो भने केहि प्रभावकारी उपचारको बारेमा पनि जानकार हुनुपर्छ ।

वर्षायाममा धेरैलाई पानी र हावाबाट फैलने रोगहरु लाग्ने गर्छ । त्यसमध्ये पानीजन्य रोगमा झाडापखाला धेरैलाई लाग्ने रोग हो । त्यस्तै हेपाटाइटिस, हैजा, टाइफाइड जस्ता रोगहरुले पनि वर्षायाममा गम्भीर स्वास्थ्य चुनौतीहरु दिने गर्छन् । वर्षायामले ब्याक्टेरिया, किराहरु र फंगल ग्रोथलाई पनि सहयोग गर्छ ।

मलेरिया

यो वर्षायाममा सबैभन्दा धेरैलाई लाग्ने रोग हो । हाम्रोमा वर्षायामको समयमा पानी जम्ने समस्या हुन्छ । यो समय लामखुट्टेको प्रजननको समय भएकाले जमेको पानीमा लामखुट्टेले फुल पार्छ र लामखुट्टेको सङ्ख्या बढ्छ । यो रोग पोथी एनोफेलिस लामखुट्टेले टोकेमा लाग्छ ।

रुघाखोकी र फ्लु

घाँटी खसखसाउने समस्याबाट सुरु हुने रुघा सुरुमा एक-दुई दिनसम्म रहन्छ । त्यसपछि चौथो र पाँचौ दिनमा नाकबाट पानी बगिरहन्छ र खोकी लाग्छ । बच्चाहरुलाई रुघा लागेको बेलामा ज्वरो पनि आउँछ ।

फ्लु रुघा खोकीभन्दा अलि गम्भीर हुन्छ । घाँटी खसखसाउने, ज्वरो आउने, टाउको दुख्ने जिउ दुख्ने र खोकी लाग्ने जस्ता समस्या देखिएमा यसको लक्षण भन्ने बुझ्नपर्छ । यी लक्षणहरु दुईदेखि पाँच दिनसम्म देखिन्छ तर, कसैलाई एक हप्तासम्म पनि देखिन सक्छ । यदि तपाईलाई सास फेर्न गाह्रो हुन्छ भने बेलैमा डाक्टरलाई देखाउनुहोस् ।

हैजा

हैजा भिवि्रयो कोलेरा नामक ब्याक्टेरियाको कारणले लाग्ने रोग हो । यो रोग ब्याक्टेरियाबाट प्रदुषित पानीको स्रोतबाट खाना हुँदैमानिसमा सर्छ । यो रोग लागेका मानिसलाई वान्ता हुने र शरीरमा पानीको मात्रा घट्ने जस्ता समस्या देखिन्छन् । त्यस्तै अन्य लक्षणहरु छाला चाउरी पर्ने, ब्लडप्रेसर लो हुने, मुख सुख्खा हुने र मुटुको धड्कन बढ्ने जस्ता समस्या हुन्छन् ।

लेप्टोस्पाइरोसिस

यो रोग लेप्टोस्पिरा भाइरसको कारणले लाग्ने गर्छ । छालामा घाउ भएका जनावरहरुको पिसाब पानीमा फैलिएर मानिसहरुलाई यो रोग लाग्न सक्छ ।

लेप्टोस्पाइरोसिसले जिउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा रातो हुने, पेट दुख्ने, जन्डिस हुने, छाला चिलाउने, झाडाबान्ता हुने गर्दछ ।

टाइफाइड

साल्मोनेला टाइफी नामक ब्याक्टेरियाबाट लाग्ने ज्वरोलाई टाइफाइड भनिन्छ । यो ब्याक्टेरिया संक्रमित खाना, पानी वा अन्य पेय पदार्थको माध्यमले मानिसमा सर्छ । यो रोग लागेका मानिसको दिसाबाट अन्य व्यक्तिहरुमा फैलिन्छ ।

यो ब्याक्टेरिया तपाईको आन्द्रा हुँदै रगतमा पुग्छ । यसले पित्तथैली, कलेजो, फियो जस्ता अंगहरुमा असर गर्छ । भोक नलाग्ने, टाउको दुख्ने, ज्वरो आउने र थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् ।

यसरी बँच्न सकिन्छ वर्षायाममा लाग्ने रोगबाट

– वर्षायाममा बाहिर जाँदा नभिज्न प्रयोग हुने छाता, रेनकोट, जुत्ता सधैं तयारी अवस्थामा राख्नुहोस् । टोपी सहितको रेनकोट र वाटरप्रुफ जुत्ता उपयुक्त हुन्छ ।

–पोषणयुक्त खाना खाने प्रयास गर्नुहोस् र वर्षायाममा घर बाहिर खाना खान छोड्नुहोस् ।

– घरमा खाना बनाउँदा पनि धेरै नै स्वस्थकर खाना बनाउनुहोस् र सरसफाइमा ध्यान दिनुहोस् ।

–खाना बनाउनको लागि र पिउनको लागि स्वच्छ पानी प्रयोग गर्नुहोस् । सधैं पिउनु अघि पानी उमाल्नुहोस् ।

–खुल्ला भाँडोमा पानी नराख्नुहोस् । किनभने त्यो लामखुट्टेको फुल पार्ने ठाउँ बन्न सक्छ । यदि लामो समयसम्म पानी खुल्ला भाँडामा राख्नुभएको छ भने त्यसलाई प्रयोग नगर्नुहोस् ।

–ढलका पाइपहरु भरिएको छ कि छैन विचार गर्नुहोस् ।

– केही रोगहरुको लागि भ्याक्सिन पाइन्छ । तपाईले डाक्टरसँग यसबारेमा कुरा गरेर कुन भ्याक्सिन लगाउने जानकारी लिनुहोस् ।

–यदि घरबाहिर खाना खानु पर्यो भने स्वस्थ र ताजा खाना पाइने ठाउँमा मात्रै जानुहोस् ।

– सम्भव भएसम्म बाहिर जाँदा उमालेको पानीको बोतल लिएर हिँड्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?