+
+

दरबारमार्गका व्यवसायीबाट मासिक ‘भत्ता’ उठाउने सई समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १६ गते १२:१६

१६ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा कार्यरत् प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर ऐडी घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान अयाोग, टंगालको टोलीले २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

ऐडीले मासिक रुपमा रकम नदिए व्यवसाय गर्न अफ्ठ्यारो बनाइदिने भन्दै व्यवसायीसँग असुली गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनलाई रकम लिइसकेपछि रिचमण्ड फूड क्याफे, महाराजगञ्जबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?