१८ जेठ, काठमाडौं । इलाका प्रहरी कार्यालय, इटहरीले तरुण दलका क्षेत्रीय सभापति मन्द लिम्बुलाई पक्राउ गरेको छ ।
घरायसी विवादमा भाउजुलाई धाकधम्की दिएको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
डिएसपी शिवकुमार श्रेष्ठले परिवारबाटै आएको जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए ।
यसअघि तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई गुण्डागर्दीको आरोपमा पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्तगरत म्याद थप गरेर अनुसन्धान जारी छ ।
उनको रिहाइको माग गर्दै नेपाली कांग्रेस र तरुण दलले आन्दोलन समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4