२७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, जनसेवाले ठूलो परिणाममा प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं–२७, नघंलका ३१ वर्षीय सुनिल श्रेष्ठ, काठमाडौं–१७, ढल्कुका ३१ वर्षीय रविन्सन महर्जन, काठमाडौं–२७, असनका २४ वर्षीय रविन शाही र काभ्रेको राशी गाउँपालिका–११ घर भइ स्वयम्भु बस्दै आएका ३० वर्षीय राजकुमार तामाङ छन् ।
उनीहरुको साथबाट लागूऔषध डाइजाल्याप १ सय २७ थान, नुफिन १ सय २ थान, फेनारागन २ सय ९८ थान गरी जम्मा ५ सय ५७ सेट, लागूऔषध खरिद विक्रीमा प्रयोग हुने मोबाइल १६ वटा र नगद समेत बरामद भएको वृत्तका डिएसपी टेकुनन्द इवाले बताए ।
उनका अनुसार पक्राउ परेकाहरुमाथि थप अनुसन्धान कार्य जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4