+
+
Shares

असारमा देशभर लाइसेन्सको आवेदन बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते १८:५५


२७ जेठ, काठमाडौं । सरकारले असार महिनाभर सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन नलिने भएको छ । यातायात व्यवस्था विभागले आफू मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै असार १देखि कुनै पनि फारम नलिन भनेको छ ।

अहिले अनलाइनमार्फत नै लाइसेन्सको आवेदन भर्ने व्यवस्था गरिएको छ ।

विभागले काठमाडौंसहित सबै अञ्चलहरुमा कार्यालयहरुलाई असारका लागि अनलाइन फारम नलिन निर्देशन दिएको हो । अनलाइन फारम भरेकाहरुको ट्रायल तथा रिट्रायल असारभित्र सक्नुपर्ने भएकाले यस्तो निर्देशन दिइएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

असारसम्म राजस्व हिसाव मिलान गर्नुपर्ने कारण देखाएर ट्रायल रोक्न लागिएको हो । सेवाग्राहीको संख्या धेरै भएकाले असार महिनाका लागि आवदेशन भरेकाहरुको पनि परीक्षा रद्द गर्ने तयारी छ ।

साउन १ गतेबाट फेरि नयाँ आवेदन खोल्ने विभागको योजना छ ।

हेर्नुस् विभागले गरेको परिपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?