२८ जेठ, जनकपुरधाम । धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको भन्दै धनुषा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
नेपाल आयल निगम धनुषाको महेन्द्रनगरका डीपो प्रमुख मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरका अध्यक्ष बिष्णुदेव साह र पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहलाई अवरोध र कृतिम अभाव श्रृजना गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ट्यांकर चालकहरुको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुर र पेट्रोलियम ढुवानी संघ जनकपुरबीच विवाद हुँदा यस्तो अवस्था सिर्जना भएको भएपनी डीपो प्रमुखले सिन्डिकेटलाई सहयोग पुर्याएको आरोप छ ।
पेट्रोल पम्प व्यवसायीहरुले ट्यांकर चालकलाई ढुवानी वापत दिँदै आएको ६ सय रुपैयाँ कटौती गरेपछि चालकहरुले ढुवानी सेवा नै बन्द गरेको बताउँदै आएको छ ।
पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह र पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयांकर चालकहरुको संगठन पेट्रोलियम ढुवानी संघका अध्यक्ष किसुनदेव साह साख्खे दाजुभाइ हुन् ।
केही दिनअघि भएको सहमतिमा पेट्रोलियम पदार्थ बितरण दुवानीमा अवरोध नगर्ने र बिलिङ गर्ने बताए पनि अवरोध र कृत्रिम अभाव सिर्जना गरेको भन्दै उनीहरुलाई ण्पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।
धनुषाको महेन्द्रनगरस्थित डिपोबाट धनुषा, महोत्तरी तथा सिन्धुलीसहितका तीन जिल्लाहरुमा २ लाख ५० हजार लिटर डिजल तथा १ लाख लिटर पेट्रोल दैनिक रुपमा बिक्री वितरण हुँदै आएको छ ।
नेपाल आयल निगम धनुषाको महेन्द्रनगरमा रहेको डीपोबाट तीन दिनदेखि पेट्रोलियम पदार्थको बिलिङ भएको छैन भने दुवानी नहुँदा यस क्षेत्रमा पेट्रोलियम पदार्थको पुर्णरुपमा अभाव सिर्जना भएको छ ।
पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ताहरुले कालोबजारीसँग दुई गुण मूल्य तिरेर पेट्रोलियम पदार्थ किनेर उपभोग गरिरहेका छन् ।
दुई पेट्रोल पम्पमा शिलबन्दी
जनकपुरमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले दुईवटा पेट्रोल पम्पमा शिलबन्दी गरेको छ ।
पम्पमा पेट्रोल हुादाहुादै पनि बिक्री नगरेर उपभोक्तालाई सास्ती दिएको भन्दै प्रहरीले शिलबन्दी गरेको हो ।
जनकपुरको जिरो माइलस्थित भी आयल र बाबा पेट्रोल पम्पमा प्रहरीले छापा मारी शिलबन्दी गरेको हो ।
प्रतिक्रिया 4