+
+

एक्लोपना र सामाजिक जीवनमा सन्तुलन कति जरुरी ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ५ गते ८:५५

अहिले हामी भिडभित्रै एक्लिदै गएका छौं । खासगरी सामाजिक सञ्जाल एवं भर्चुअल संसारमा रमाउने बानी परेको छ हामीलाई । यसको साइड इफेक्ट के भने, वास्तविक जीवनबाट भने हामी अलग हुँदैछौं । घरपरिवार, साथीभाई, छरछिमेकसँगको सम्पर्क टुट्दैछ ।

आजको समयमा बालबालिकामा त अझ यो समस्या देखापरेको छ । उनीहरु एक्लै हुर्किरहेका छन् । र, एक्लै बस्न रुचाउने गरेका छन् । यस्तो एक्लोपनले उनीहरुलाई सामाजिक जीवनमा घुलमिल हुन बाधा पुर्‍याइरहेको छ ।

तर, एक्लोपनको वेफाइदा मात्र पनि छैन । भेटघाट, गफगाफमा नभुलेर अलग्गै वा एक्लै चिन्तन गरेर बस्नुको पनि फाइदा छ । कतिपयको स्वभाव पनि के हुन्छ भने, अरुसँग सहजै घुलमिल नहुने । उनीहरु एक्लै कुनै कुरामा घोत्लिइरहेका हुन्छन् ।

तर, हामीलाई थाहा छ, अति एक्लोपन राम्रो होइन । हामी सामाजिक प्राणी भएका नाताले कुनै न कुनै रुपमा समाजसँग जोडिनैपर्छ ।

सामाजिक जीवनको पाटो

साथीभाई वा आफन्तहरुसँग भेटघाट, पिकनिक, पार्टी, भोज, घुमघाममा निस्कने जस्ता कार्यलाई सामाजिक जीवनको रुपमा लिइन्छ ।

हरेक मानिसले साथी, आफन्त, कामसँग सम्बन्धित मानिसहरु भेटघाट गरिरहन्छन् । उनीहरुसँग रमाइलो समय बिताउँछन् । आजकालको समयमा यस्तो सामाजिक जीवन धेरै नै जरुरी मानिन्छ ।

तर, यसको लागि हामीले आफ्नो धेरै समय खर्च गर्नुपर्छ । धेरै मानिसहरुलाई सामाजिक जीवन र आफ्नो निजी समयको बीचमा तालमेल मिलाउन धेरै कठिन हुन्छ ।

यदि कसैले सामाजिक जीवनलाई छोडेर आफ्नो साथमा मात्रै समय बिताएमा यसको फाइदा वा बेफाइदा के होला ?

जब तपाईले आफूलाई स्वतन्त्र रुपमा छोडिदिनुभयो र एक्लै समय बिताउनुभयो भने तपाईले पुराना यादहरुलाई सम्भिmनुहुन्छ । तपाईको दिमागमा कैद भएका धेरै ज्ञानको बातहरुको पाना पल्टिदै जान्छ ।

केहि नगर्नु पनि आँफूमा नयाँ जोश भर्नु हो । त्यसैले कैयौं पटक खाली वा एकान्तमा बस्नाले तपाई आफूलाई ताजा र स्फुर्त बनाउन सक्नुहुन्छ ।

जसले धेरै समय बाहिर साथीहरु र अरुको साथमा बिताउँछन् ती मानिसहरुले कार्यालयमा धेरै थकान महसुस गर्छन । उनीहरुको तुलनामा जो मानिसहरु खाली एक्लै बसेर बिताउँछन् उनीहरु ताजा हुन्छन् ।

जानकारहरुका अनुसार हामी खाली बस्न, आँफैसँग समय बिताउन वा आँफैसँग कुराकानी गर्न जरुरी नभएको सोच्छौं सामाजिक जीवनबाट टाढा रहेर एक्दै बस्नु हाम्रो स्वास्थको लागि पनि धेरै जरुरी हुन्छ । यसले हाम्रो स्नायु प्रणालीलाई राम्रो बनाउँछ ।

आजकालको समयमा व्यस्त रहन धेरै राम्रो मानिन्छ । मानिसहरु आफूलाई व्यस्ता देखाएर आफ्नो महत्वलाई प्रस्तुत गर्छन् । जब, तपाई अरुलाई आफ्नो व्यस्तताको बारेमा बताउनुहुन्छ भने तपाईको उद्धेश्य आफैलाई धेरै महत्वपूर्ण मानिस साबित गर्नु हुन्छ ।

प्रगतीको लागि सन्तुलन जरुरी

एक्लै रहनाले तपाईको भ्रम हट्छ नजर सफा हुन्छ । तपाई तरोताजा महसुस गर्न सक्नुहुन्छ ।

धरै कामकाजी मानिसहरुको लागि विभिन्न खालका मानिसहरुसँग भेटघाट गर्न जरुरी छ । सबैभन्दा असल साथीसँग हप्तामा कैयौं पटक भेट हुन्छ । आफूसँग काम गर्ने मानिसहरुसँग भेटघाट गर्नाले सम्बन्ध राम्रो हुन्छ र यसले तपाईलाई प्रगती गर्न पनि मद्धत गर्छ ।

एक्लै रहने वा सामाजिक जीवनसँग टाढा भएमा पनि धेरै ठूलो नोक्सान हुन्छ । तपाई मानिसहरुसँग भेटघाट गर्दै रहनुहोस पार्टी मोजमस्ती  पनि गर्नुहोस तर थोरै समय आफ्नो लागि पनि निकाल्नुहोस् ।

खेलकुदमा समय खर्चिनुहोस वा केहि समय टहल्नको लागि निस्कनुहोस हरेक हप्ता पार्टी गर्नको सट्टा दुई हप्तामा एकपटक पार्टी गर्नुहोस् । आफ्नो लागि समय निकाल्नुहोस कहिलेकाँहि एक्लै रहेर आँफैसँग कुराकानी गर्नुहोस् ।

एक महिनासम्म एक्लै बस्दा यस्तो अनुभव

बिबिसीकी संवाददाता मैडलिन डोर एक महिनासम्म सबैसँग टाढा भएर एक्लै बसिन् । एक महिना एक्लै बिताएपछि उनले यस अवधीमा धेरै नयाँपन पाएको बताइन् ।

मैडलिनका अनुसार आँफैसँग समय बिताउनु धेरै हदसम्म फाइदाजनक हुन्छ । मस्तिस्कलाई खाली रहन दिनाले धेरै तपाईलाई मानसिक तनाब हुँदैन र तपाईको सिर्जनात्मकता ब्छ ।

मैडलिनले धेरै सफल कलाकार, लेखक र उद्यमीहरुसँग उनीहरुको सफलताको राजको बारेमा सोधेकी थिइन् । प्रायजसोले आफ्नो कुनै सामाजिक जीवन नभएको र उनीहरु पार्टी, पब वा बारमा साथीभाईसँग समय बिताउन राम्रो नमान्ने बताए ।

मैडलिनको जिन्दगी भने यसको उल्टो थियो । फलेन्स काम गर्ने उनी मोजमस्तीले भरिपूर्ण जिन्दगी जिउने गर्थिन् ।

अचानक उनले सामाजिक जीवनको चक्करमा आफूले जिन्दगीको राम्रो पलहरु यत्तिकै गुमाइरहेको महसुस गरिन् । त्यसपछि मुटुमाथि ढुंगा राखेर उनले सामाजिक जीवनबाट आफूलाई अलग गर्ने फैसला गरिन् ।

उनले एक महिनाको लागि साथीहरुसँगको सबै कार्यक्रम रद्द गरिन् । डिनर, पार्टी, पिकनिक सबै बन्द गरिदिइन् र जतिखेर पनि घरमै रहन थालिन् ।

पहिलो केहि दिन उनी केही नर्भस भइन् तर विस्तारै केहि दिन पछि उनी डरबाट मुक्त भइन् । उनलाई हरेक शनिबार दिनभर घरमै रहने कुरा रमाइलो लाग्न थाल्यो ।

घरमै बसेपछि उनको साथमा कामको लागि समय धेरै हुन थाल्यो र त्यसले उनको स्वास्थ्य र मुडमा राम्रो प्रभाव पार्यो । घरमा बसेपछि खाना आँफै पकाएर खान थालिन । उनी समयमा सुत्न थालिन् र सुत्न पहिले पढ्ने समय पनि मिलाइन् ।

काम सकेर बँचेको सयममा उनी पुस्तक पढ्ने, फिल्म हेर्ने वा अरु केहि काम गर्न थालिन् ।

कहिलेकाँहि उनी यत्तिकै टहल्न निस्कन्थिन् वा एक्लै क्याफेमा गएर बस्थिन । मोबाइल वा ल्यापटप पनि कम चलाउन थालिन् । यसले दिमागमा बोझ नहुने र धेरै राम्रो तरिकाले सोच्न पाइने अनुभव उनले गरिन् ।

एक महिनाको आफ्नो एन्टी-सोसल लाईफको समयमा उनले धेरै नयाँ सोचहरुमा प्राप्त गरिन् र गर्न बाँकि प्रोजेक्टहरुलाई नयाँ तरिकाले हेर्ने कोसिस गरिन् । -बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?