Comments Add Comment

नम्रता बनिन् महंगी नायिका, तीन कलाकारको पारिश्रमिकमै ५० लाख खर्च


पछिल्लो समयमा रिलिज भएका फिल्महरु एकपछि अर्को फ्लप भइरहे पनि चल्तिका कलाकारहरु भने पारिश्रमिक बढाउने होडबाजीमा छन् । यसबाट फिल्म निर्माताहरुले पारिश्रमिकमै ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्था आएको छ ।

नायकले लिने पारिश्रमिकको चर्चा अत्यधिक भइरहँदा नायिकाहरु पनि कम छैनन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएपछि उनी सबैभन्दा महंगी नायिका बनेकी थिइन् । तर, अब साम्राज्ञीलाई अर्की नायिकाले उछिनेको खबर छ ।

सोमबारदेखि छायांकन सुरु भएको चलचित्र ‘प्रसाद’मा मुख्य भूमिका निर्वाह गर्न लागेकी नायिका नम्रता श्रेष्ठले यो चलचित्रबाट १५ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा चलेको छ । बर्षमा कम चलचित्र खेल्ने तर त्यसका लागि पुरा समय र मिहिनेत दिने नायिका श्रेष्ठलाई निर्माता सुवास थापाले १५ लाख पारिश्रमिक दिएका हुन् ।

नम्रताले १५ लाख पारिश्रमिक लिएपछि उनी सबैभन्दा महंगी नायिका बनेकी छिन् । यो चलचित्रका मुख्य नायक विपिन कार्कीले १७ लाख पारिश्रमिक लिएको वुझिएको छ । यस्तै, चलचित्रका अर्का कलाकार निश्चल बस्नेतले पनि १७ लाख नै पारिश्रमिक लिएको चर्चा छ ।

निश्चल चलचित्र निर्देशन भन्दा अभिनयमा बढी व्यस्त छन् । उनले, चलचित्र निर्देशन गर्ने चर्चा चलेपनि त्यो स्थगित भएको छ । यसैले, महंगो पारिश्रमिक लिएर चलचित्रमा नै काम गर्न उनले सहि ठानेको देखिन्छ ।

निर्माता सुवास थापाले ५० लाखभन्दा बढी रकम ३ कलाकारको पारिश्रमिकमै खर्च गरेका छन् । दिनेश राउतको निर्देशनमा यो चलचित्र बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment