
१८ असार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले शुन्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले नियमावलीमा रहेको व्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धित मन्त्रालयले वेवास्ता गरेको भन्दै सरकारको आलोचना गर्दै आएका थिए । सोमबार शुन्य र विशेष समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुख महराले सांसदहरुले उठाएका महत्वपुर्ण विषयको जवाफ दिन रुलिङ गरे ।
नियमावलीको नियम १५ को उपनियम २ मा सम्बन्धित मन्त्रीले ५ दिनभित्र जवाफ दिने उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4