१९ असार, काठमाडौं । सिद्धार्थ बैकं र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बैंकासुरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्याल र नेशनल लाइफ इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्यालले अब उप्रान्त, नेशनल लाइफ ईन्स्योरेन्समा जीवनवीमा गर्ने ग्राहकवर्गहरुलाई जीवन वीमा सम्बन्धि सेवाहरु सिद्धार्थ बैकंको प्रधान कार्यालय, हात्तिसार तथा यसका हाल संचालित ११२ शाखाहरु म्ाार्फत उपलब्ध हुनुका साथै जीवन वीमाको प्रिमियम तथा नवीकरण पि्रमियम सिद्धार्थ बैकं मार्फत सजिलै बुझाउन सकिने जानकारी समेत दिए ।
बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ८०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4