Comments Add Comment

यज्ञ र हवन गर्नुको आडम्बर हो ? के छ यसको वैज्ञानिक रहस्य ?

ब्रह्माले मानिससँग मिलेर गरेका थिए यज्ञको रचना, अग्निलाई मानिन्छ परमात्माको मुख, यसकारण दिइन्छ अग्निमा आहुति

हिन्दू धर्ममा यज्ञ को परम्परा वैदिक कालदेखि नै चलिआएको पाइन्छ। हिन्दू धर्ममा मनोकामना पूर्ति तथा अनिष्ट टार्नका लागि यज्ञ गरिएका थुप्रै प्रसङ्ग पाइन्छन्।  रामायण तथा महाभारतमा थुप्रै यज्ञ कर्ता राजाहरूको वर्णन पाइन्छ जसले आफ्नो जीवनमा महान् यज्ञ गरेका थिए। देवतालाई प्रसन्न पार्न यज्ञ गरिने परम्परा छ।  शास्त्रका अनुसार यज्ञको रचना सर्वप्रथम परमपिता ब्रम्हाले गरेका थिए।  यज्ञका विषयमा सम्पूर्ण वर्णन वेदमा पाइन्छ।

यज्ञ हो उन्नतिको मार्ग

-यज्ञको अर्को नाम अग्निपूजा हो।  यज्ञबाट देवतालाई प्रसन्न पारिनुका साथै मनले चाहेको फल प्राप्त गर्न सकिन्छ।

– ब्रह्माले मानिससँग मिलेर गरेका थिए यज्ञको रचना गरे र मानिसलाई भने, यही यज्ञबाट तिमीहरूको उन्नति हुन्छ।

– यज्ञले तिमीहरूका हरेक कामना एवम  आवश्यकता पूरा गर्छ।  तिमीहरू यज्ञद्वारा देवताहरूलाई पुष्ट गर, उनीहरूले तिमीहरूको उन्नति गर्नेछन्।

अग्निलाई मानिन्छ ईश्वरको मुख

  • धर्मग्रन्थहरूमा अग्निलाई ईश्वरको मुख मानिएको छ।यसमा जे खुवाइन्छ अर्थात् आहुति दिइन्छ, त्यो ब्रम्हभोज हुन्छ।
  • यज्ञको मुख अग्निमा आहुति दिनु परमात्मालाई भोजन गराउनु हो।यज्ञमा देवताहरूको आगमन हुने कुरामा कुनै शंका छैन।  धर्मग्रन्थहरूमा यज्ञको महिमा प्रशस्त गाइएको छ।
  • वेदको पनि प्रमुख विषय यज्ञ नै हो।यज्ञबाट भगवान प्रसन्न हुन्छन्।

गायत्रीलाई माता र यज्ञलाई पिता मानिन्छ

  • कर्महरूको प्रायश्चित स्वरूप, अनिष्ट र दुर्योगहरूको शान्तिका लागि , कुनै अभावको पूर्तिका लागि, कुनै सुयोग वा सौभाग्य प्राप्त गर्नका लागि, रोगहरू हटाउनका लागि, देवताहरूलाईखुशी पार्नका लागि, धन-धान्य र उब्जनी बढाउनका लागि हवन गरिन्छ।
  • कुनै पनि साधना गर्न हवन अनिवार्य मानिन्छ।जति पनि जप, पाठ, पूजा आदि गरिन्छ त्यसमा हवन अनिवार्य मानिन्छ।  गायत्री अनुष्ठानमा पनि हवन गर्नु आवश्यक हुन्छ।
  • गायत्रीलाई माता र यज्ञलाई पिता भनिएको छ।यिनै दुईको संयोगबाट मानिसको आध्यात्मिक जन्म हुन्छ।

यज्ञसँग जोडिएको विज्ञान

  • यज्ञ एक महत्वपूर्ण विज्ञान हो।यसमा जुन जुन वृक्षहरूको  समिधा उपयोगमा ल्याइन्छ, तिनमा विशेष प्रकारका गुण हुन्छन्।
  • केका लागि कस्तो प्रकारको सामग्री हवन गरिन्छ त्यसको पनि विज्ञान छ।हवन गरिने वस्तुहरूको सम्मिश्रणबाट एक विशेष गुण तयार हुन्छ, जुन जलेपछि वायुमंडलमा विशिष्ट प्रभाव पैदा हुन्छ।
  • वेदका मन्त्रहरूको उच्चारणको शक्तिबाट त्यसको प्रभावमाअधिक वृद्धि हुन्छ। यसबाट यज्ञमा सहभागी व्यक्ति तथा यज्ञ स्थल वरिपरिको वायुमण्डलमा ठुलो प्रभाव पर्छ।
  • वैज्ञानिक तरिकाको कृत्रिम वर्षा गराउनुभन्दा यज्ञद्वारा वर्षा गराउनु पर्यावरणका लागि राम्रो हुन्छ।व्यापक सुख-समृद्धि, वर्षा, आरोग्य तथा शान्तिका लागि ठुल्ठुला यज्ञको  आवश्यकता पर्छ।
  • ससाना हवनले पनि आफ्नो सीमा र मर्यादाभित्र लाभ प्रदान गर्छ।

हवन र यज्ञमा फरक

  • हवन यज्ञको लघु रूप हो।कुनै पनि पूजा अथवा जप आदिका पछि अग्निमा दिइने आहुतिको प्रक्रिया हवनको रूपमा प्रचलित छ। यज्ञ कुनै खास उद्देश्यले देवता विशेषलाई दिइने आहुति हो।
  • यज्ञमा देवता, आहुति, वेद मंत्र, ऋत्विक र दक्षिणा अनिवार्य मानिन्छ।हवन हिन्दू धर्ममा शुद्धिकरणको एक कर्मकाण्ड पनि हो।  कुण्डमा अग्निको माध्यमबाट देवताको नजिक हवि ९भोजन० पुर्याउने प्रक्रियालाई  हवन भनिन्छ।
  • हवि, हव्य अथवा हविष्य त्यो पदार्थ हो, जुन अग्निमा आहुति दिइन्छ। हवन कुण्डमा अग्नि प्रज्वलित गरेपछि त्यस पवित्र अग्निमाचरू, फल, मह, घिउ, समिधा आदि पदार्थहरूको आहुति दिइन्छ ।
  • मान्यता अनुसार कसैलाई दुष्ट आत्माको प्रभाव पर्यो, कुनै अलौकिक तत्वले दुस्ख दियो भने पनि त्यस्तो समस्या हटाउन हवन गरिन्छ।शुभकामना, स्वास्थ्य एवं समृद्धि हासिल गर्नका लागि पनि हवन गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment