Comments Add Comment

क्रोएसियाका प्रशिक्षक भन्छन्- इंग्ल्याण्डविरुद्ध खेल्न शक्ति बाँकी नै छ

२४ असार, काठमाडौं । क्रोएसियाका प्रशिक्षक लाट्को डालिसले विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डको सामना गर्न आफ्नो टिमसँग पर्याप्त उर्जा रहेको बताएका छन् ।

पि्र-क्वार्टरफाइनलमा डेनमार्कलाई अतिरिक्त समय हुँदै टाइब्रेकरमा हराएको क्रोएसियाले क्वार्टरफाइनल आयोजक रसियालाई पनि पेनाल्टी सुट आउटमै स्तब्ध बनाएको छ । अब उसले बुधबार इंग्ल्याण्डको सामना गर्नेछ ।
प्रशिक्षक डालिसले भनेका छन्, ‘अवश्य, इंग्ल्याण्डका लागि केही शक्ति बाँकी नै छ ।’

इंग्ल्याण्डले रसियामा कुल ४ सय ८० मिनेट खेलेको छ, जसमा एक खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । क्रोएसियाले भने ३० मिनेट बढी खेलेको छ ।

क्रोएसियाका प्रशिक्षक डालिसले इंग्ल्याण्डविरुद्ध उत्कृष्ट खेल देखाउन प्रयास गर्ने बताएका छन् । ‘हामीले दुई खेल खेल्न बाँकी छ र हामी निकै उत्साहित छौं’ उनले भने, ‘यो अर्को लडाई हो तर, म टिमलाई विश्वास गर्छु ।’

उनले इभान र्‍याकिटिकले पेनाल्टीमा गोल गर्दा निकै भावुक हुनुको कारण पनि खुलाएका छन् ।

‘म खेलमा एकदमै एकोहोरिएको थिएँ र, र्‍याकिटिकको पेनाल्टीपछि आफैंलाई थाम्न सकिन’ उनले टिम स्टाफलाई अंगालो हालेर रुनुको कारण खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment