
२४ असार, पोखरा । कास्की प्रहरीले १५ जना टोले गुण्डा पक्राउ गरेर सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कास्कीले गुण्डागर्दी, हप्त असुली, धम्की, मिटर व्याजलगायतमा संलग्न टोले गुण्डाहरुलाई आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
कास्की प्रहरीले लमजुङ खोला सोंथर गाउँपालिका–१२ घर भइ पोखरा–१२, सिंगापुर टोलका ललितकुमार गुरुङ, स्याङ्जा रापाकोट घर भइ पोखरा–७, घारीपाटनका चन्द्र गुरुङ, पोखरा–९, नयाँबजारका सनिराज डंगोल, पोखरा–११ का सुमन श्रेष्ठ, स्याङ्जाको पुतलीबजार–५ घर भइ पोखरा–२७, तालचोकका पुनम गुरुङलाई सार्वजनिक गरेको हो ।
त्यस्तै, स्याङ्जा बाडखोला ठूलाडिही–५, लुमछाक घर भइ पोखरा–१० कुँडहरका प्रकाश गुरुङ, म्याग्दीको अन्नपूर्ण–१, दोवा घर भइ पोखरा–११, फुलबारी बस्ने धनकुमार पुर्जा, पोखरा–३३, भरतपोखरीका महेश छोटा भनिने महेश अर्याल, पोखरा १७ विरौटाका सुजन लामा, पोखरा १४ काजीपोखरीका बिजय गुरुङ, पोखरा १७ छोरेपाटनका नविन गुरुङ, पोखरा ६ लेकसाइडका बिजय रानाभाट पोखरा २ अर्चलबोटका रोहित सुनार र पोखरा २ बागलुङ बसपार्कका बिकास गुरुङ पनि पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओमबहादुर रानाले जानकारी दिए ।
उनीहरुलाई म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।
कास्की प्रहरीले ५५ दिनमा ७६ जना फरार अपराधी पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया 4