२८ असार, भक्तपुर । हनुमन्ते खोलाको बाढीका कारण भक्तपुर डुबानमा परेको छ । भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् ।
दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे-निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ
सिद्धि अस्पताल क्षेत्र पनि डुबानमा परेको छ । त्यहाँको एउटा पुल बाढीले बगाएको छ ।
बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ । मानिसहरुको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढीले गर्दा बजार, शिक्षण संस्था पनि खुलेका छैनन् ।
बाढीमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले बिहीबार बिहानैदेखि उद्धार गरिरहेको छ ।
हनुमन्ते खोलाले भक्तपुर हरेक वर्ष डुबानमा पर्दै आएको छ । तर समस्या समाधान गर्न कसैले चासो नदिएको गुनासो भक्तपुरबासीले गर्दै आएका छन् ।
प्रतिक्रिया 4