+
+

दुनो सोझ्याउन केसीको जीवनसँग खेलवाड : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३ गते १९:२३

३ साउन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक दलले आफ्नो दुनो सोझ्याउन डा. गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको अरारोप लगाएका छन् ।

पोखरा विश्वविद्यालयको १९ औं साधारण सभामा बिहीबार उनले सरकारले चिकित्सकको टोली पठाँउदा केसीको छेउमा पुग्न अवरोध गर्नु नाजायज भएको बताए ।

‘केही-केही मानिसहरु गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो रोटी सेक्न खोज्दैछन्’ प्रधानमन्त्री ओलीले भने ।
एउटा जमताले जे भन्यो त्यो सरकारले पत्याइदिनु जायज नभएको भन्दै प्रधानमन्त्री ओलीले भने ‘गोविन्द केसी आफ्नो खुशीमा चलिरहनुभएको छ कि पराधीन हुनुहुन्छ ?बुझ्न सकिएन ।’

चिकित्सकले हड्ताल गर्नु आफ्नो पेशागत मर्यादा विपरीत भएको प्रधानमन्त्रीको भनाइ छ । ‘अन्य पेशाका पेशाकर्मीलाई आज हड्ताल छ,काम गर्दिन भन्दा त्यसले ठूलो घाटा नगर्ला तर, डाक्टरले बिरामी जाँच्दिन भन्दा एकैदिनमा कयौंको ज्यान जान सक्छ’ प्रधानमन्त्री ओलीले भने ‘बिरामीको उपचार गर्ने पेशा रोज्ने अनि उपचारै गर्दिन भन्नु नैतिकहीन हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?