Comments Add Comment

साँच्चै, तपाईं कति बर्ष पुग्नुभयो ?

आफुलाई जति जवान महसुष गरिन्छ, उत्तिनै शरीर तगडा र निरोगी हुन्छ

भन्नुहोस् त, तपाईंको ठ्याक्कै उमेर कति हो ? कति बर्ष पुग्नुभयो ?

पच्चिस ? बाईस ? पैतिस ? चालिस ? पचास ?

अब आँखा चिम्लनुहोस् । अनि फेरी सोच्नुहोस्, तपाईं आफुलाई जवान ठान्नुहुन्छ कि, पाको ? तपाईंलाई अहिलेसम्म के लाग्थ्यो ? आफ्नो वास्तविक उमेरभन्दा बुढो ठान्नुहुन्थ्यो वा त्यो भन्दा बढी जवान ?

मानौ तपाईं पैतिस बर्षको हुनुभयो । तपाईंले के ठानिरहनुभएको छ, ‘म भर्खर पच्चिस वा अठ्ठाईस बर्षको भएँ ।’

वा यस्तो ठानिरहनुभएको छ, ‘अहो चालिस बर्ष पुग्न लागें । अब बुढो पो भइयो त ।’

वास्तवमा हामी उमेरले भन्दा बढी सोंचले बुढो वा जवान हुन्छौं । तपाईं चाहे जतिसुकै बर्ष पुग्नुभयो, तर सधै आफुलाई जवान ठान्नुहुन्छ भने, तपाईंमा जवानी निखि्रएकै हुँदैन । तपाई वास्तवमै जावन र तन्दुरुस्त हुनुहुन्छ ।

तर, तपाईं आफ्नो वास्तविक उमेरभन्दा पनि बढी बुढो ठान्नुहुन्छ भने, पक्कैपनि तपाईंको शरीर जिर्ण हुँदैछ । तपाईं रोग र शोकले थलिदै हुनुहुन्छ ।
मानिसले गुजारेको उमेर र उसले महसुष गर्ने उमेरको अन्तरले शरीरमा प्रत्यक्ष प्रभाव पार्ने रहेछ । हालै वैज्ञानिकहरुले यही तथ्यलाई सतहमा ल्याइदिएको छ । त्यसो हो भने, हामीले आफुलाई आफ्नो वास्तविक उमेरभन्दा बुढो सोच्ने कि, जवान ?

हिन्दी बिबिसी अनलाइनले प्रस्तुत गरेको एक लेखले तपाईंको जिज्ञासा शान्त गर्न सक्छ । यसको भावनुवाद हामीले पेश गरेका छौं ।
उमेरसँग सोंचको के असर ?

कल्पना गरौं त, तपाईंलाई आफ्नो जन्मको मिति थाहा छैन । न जन्मदर्ताको प्रमाणपत्र छ । न कुन्डली छ न अरु कुनै दस्तावेज, जसले तपाईंको सही उमेर बताउन सक्छ । र, तपाईंलाई भनिने छ कि, तपाईंको उमेर त्यही हो, जो तपाईं महसुष गर्नुहुन्छ ।

यस्तोमा तपाईं स्वयम् आफुलाई कति बर्षको महसुष गर्नुहुन्छ ?

जसरी तपाईंको जुत्ताको नम्बर वा आफ्नो शरीरको उचाई एक उमेर-चरणपछि निर्धारित हुन्छ । ठीक उसैगरी आफ्नो जिन्दगीले जति बर्ष गुजारेको छ, त्यो बदल्न सकिदैन । तर, के भनिन्छ भने जुन रफ्तारमा हाम्रो उमेर ढल्कदैछ, त्यस अनुसार महसुष गरिरहेका हुँदैनौ । कोही आफुलाई बुढ्यौलीतिर ढल्कदै गरेको ठान्छन् भने, कोही जवान ।

अहिले वैज्ञानिकले यस मानसिकतामाथि अध्ययन गरिरहेको छ । यस अध्ययनले केही घतलाग्दा कुरा सतहमा ल्याइदिएको छ । तपाईं आफुलाई जति उमेरको महसुष गर्नुहुन्छ, त्यसले तपाईंको उत्कृष्ट वा खराब प्रदर्शनमा गहिरो सम्बन्ध राख्छ । यससँग तपाईंको शरीरको पनि गहिरो नाता छ ।
अब वैज्ञानिक यो खोजमा जुटेका छन् कि, जुन उमेर तपाईर्ं महसुष गरिरहनुभएको छ, के त्यसले तपाई बिराम हुने वा उत्कृष्ट काम गर्नेसँग कुनै नाता छ ?
अमेरिकाको भर्जिनिया युनिभर्सिटीका ब्रायन नोसेक यस्तै एक वैज्ञानिक हुन । उनी भन्छन्, ‘मानिसले आफ्नो उमेर जति महसुष गर्छ, यसले उनको तमाम निर्णयलाई प्रभावित गर्छ । आफुलाई जति जवान वा पाको महसुष गर्छन्, त्यही हिसाबले जिन्दगीको निर्णय लिन्छन् ।’
उमेर महसुष गर्दाको प्रभाव यत्तिमै सकिदैन । तपाईं आफुलाई जति जवान महसुष गर्नुहुन्छ, त्यसको प्रभाव तपाईंका स्वास्थ्यमा पनि पर्छं । यहाँसम्म कि, तपाईंको मृत्युमा पनि यसको प्रभाव रहन्छ ।

तब, तपाईं खासमा त्यती नै बर्षको हुनुहुन्छ, जति तपाईं आफु महसुष गर्नुहुन्छ ।

अध्ययनबाट प्राप्त यति घतलाग्दो नतिजापछि अब वैज्ञानिक यो कुरा पत्ता लगाउन जुटेका छन् कि, त्यो कुन मनोवैज्ञानिक, सामाजिक र जैविक कारण हुन्छ, जसले मानिसलाई आफु जवान वा पाको भएको अनुभूत गराउँछ ?

यो जनकारी जुटाएर हामी लामो उमेरसम्म स्वस्थ्य रहने एक अर्को उपाय खोज्न सक्नेछौं ।

नयाँ होइन रिसर्च

त्यसो त उमेरका सम्बन्धमा गरिएको यो अध्ययन नयाँ भने होइन । सन् १९७० देखि १९८० को दशक बीच केही यस्ता छुटपुट अध्ययन भएको थियो । तर, पछिल्लो दश बर्षदेखि यसको प्रयास थप जोडदार भयो । पछिल्लो पटक भएको अध्ययनबाट यो खुलासा भएको छ कि, कुन किसिमको उमेरका लागि हाम्रो सोचले, हाम्रो व्यक्तित्वमा असर पार्छ ।

सबैलाई थाहा छ कि, उमेर ढल्कदै गएपछि मानिसहरु शान्त हुँदै जान्छन् । नयाँ प्रयोग गर्नबाट बच्छन् । जबकी युवाहरु जोखिम लिनका लागि बढी उत्सुक हुन्छन् । नयाँ प्रयोगका लागि बढी उत्साहित हुन्छन् ।

तर, उमेर महसुष गर्ने सम्बन्धमा भएको अध्ययनले भन्छ कि, जो व्यक्ति स्वंयम्लाई जवान ठान्छन्, उनीहरु पनि बढ्दो उमेरसँग इमान्दर हुँदै जान्छन् । आफ्नो मनलाई कावुमा राख्न सक्छन् । यो गुण उमेर बढ्दै गएपछि स्वत आउँछ । जति-जति उमेर ढल्कदै जान्छ, मानिसहरु उत्तिनै शान्त हुँदै जान्छन् ।
भन्नुको अर्थ के पनि हो भने, जो मानिस मनबाट जवान रहन्छन्, यस्तो होइन कि उसमा कच्चापन रहिरहन्छ । यद्यपी बढ्दो उमेरसँगै आफुलाई जवान महसुष गर्ने व्यक्तिलाई डिप्रेशनको भय हुँदैन । उसको मस्तिष्कको प्रतिरक्षा क्षमता बलियो हुन्छ । उनीहरु विर्सने समस्याबाट ग्रसित हुँदैनन् । रोगले कम च्याप्छ ।

फ्रान्सको मोन्टपेलियर युनिभर्सिटीको यान्निक स्टिफेनले १७ हजारभन्दा बढी मध्य उमेर र बृद्धमाथि गरेका थिए यो अध्ययन । यसमध्ये धेरैजसोले आफ्नो खुद उमेरभन्दा आठ बर्ष कम उमेरको महसुष गरेको पाइएको थियो ।

तर, कतिपय मानिस यस्ता पनि थिए, जो आफ्नो उमेरभन्दा आफुलाई बढी पाको ठान्ने गर्थे । उनीहरुमा गंभिर चिन्ता थियो । आफ्नो असली उमेरभन्दा आठ-दश बर्ष बढी महसुष गर्नेको मर्नेको आशंका १८-२५ प्रतिशत बढी देखिएको छ । यस क्रममा उनीहरुलाई विराम हुने आशंका पनि अरुको तुलनाबा उच्च हुन्छ ।

समयभन्दा पहिले बुढो हुने

हामी स्वय्मलाई जति उमेरको महसुष गर्छौं, त्यस हिसाबले हामी स्वस्थ्य हुनु केही कारण हुन्छन् । सबैभन्दा ठूलो कारण त यो हो कि, बढ्दो उमेरसँगै मानिसमा बढ्यौली आउँछ । तर, जो व्यक्ति स्वयम्लाई जवान ठान्छन्, उनीहरु जवानीमा जस्तै घुमफिर गर्ने, खाने, रमाइलो गर्ने, हाँसीमजाक गर्ने सोच्छन् । यसले उनीहरुको स्वास्थमा राम्रो प्रभाव पार्छ ।

तर, अर्को पाटो यस्तो छ ।

यदि मानिस डिप्रेसनमा छन्, दिमाग तगडा छैन, कुनैपनि कुरा राम्ररी सम्झन सक्दैन, आफुलाई बुढो हुँदै गएको ठान्छ । यदि यस्तो ठान्छन् भने उनीहरुको स्वास्थमा निकै खराब असर परिरहेको हुन्छ । आफ्नो वास्तविक उमेरभन्दा पनि बुढो ठान्नेहरु वास्तवमै बुढो हुँदै जान्छन् र उनीहरुलाई अनेक किसिमको रोगले च्याप्दै लान्छ ।

समग्रमा भन्नुपर्दा, तपाईंको उमेर जतिसुकै होस् । त्यसले केही फरक पार्नेवाला छैन । तर, तपाईंको सोंचले गहिरो फरक पार्छ । तपाईं आफुलाईं जति जवान ठान्नुहुन्छ, वास्तवमा उत्तिनै जवान रहनुहुन्छ । बुढो ठान्नुहुन्छ भने निश्चय पनि बुढ्यौलीले गाँज्नेछ ।

उमेर किन महसुष गरिन्छ ?

अब मनोवैज्ञािनक यो कुरा पत्ता लगाउनमा जुटेका छन् कि, हामी जुन उमेर महसुष गर्छौं, त्यसको पछाडि के कारण छ ?

भर्जिनिया युनिभर्सिटीका ब्रायन नोसेक र निकोल लिन्डनरले असली उमेर र महसुष हुने उमेरको अन्तर सम्झने प्रयास गरेका छन् ।

हामीलाई थाहा छ कि, बच्चा र किशोरले आफु स्वयम्लाई असली उमेरभन्दा बढी उमेरको महसुष गर्छन् । २५ बर्षको उमेरसम्म पुगिरहँदा उनीहरुलाई लाग्छ कि, मैले वास्तविक उमेरभन्दा बढी महसुष गरिरहेको रहेछु ।

जबकी ३० को दशकमा पुगेपछि उनीहरु आफुलाई असली उमेरभन्दा बढी जवान महसुष गर्न थाल्छन् । यस्तो ७० प्रतिशत व्यक्तिको हकमा हुन्छ । नोसेक र लिन्डनर भन्छन्, ‘यस्तो लाग्छ कि जो उमेर महसुष गर्छन्, ऊ मंगल ग्रहको हुन्छ । जबकी असल उमेर धर्तीवालीको हुन्छ । अब धर्तीको एक दशक मंगल ग्रहको ५ दशमलव ३ बर्ष बराबर हुन्छ ।’

यहाँ पनि मानिसहरु मंगल ग्रहको गणनाबाट प्रेरित भएको देखियो । धेरैजसो मानिसहरु आफ्नो असली उमेरभन्दा कम उमेरको महसुष गरिरहेका हुन्छन् । यद्यपी यसमा पनि उमेर अन्तरले खास असर पारेको देखिन्छ ।

जस्तो कि, २० बर्षका ६० प्रतिशत व्यक्ति असलीभन्दा बढी उमेरको भएको महसुष गर्थे । २६ बर्षका उमेर भएका ७० प्रतिशतले आफ्नो असली उमेरभन्दा कम उमेर महसुष गर्थे ।

वैज्ञानिकहरुको निचोड के छ भने, जसले आफुलाई वास्तविक उमेरभन्दा कम उमेरको ठान्छन्, उनीहरु आफ्नो सुरक्षा गर्छन् । जकी बढ्दो उमेरको ठान्नेहरुमा केही नकारात्मक विचार हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment