महाभारतमा सकुनीको चर्चा धेरै छ । कंशको पनि । भगवान कृष्णका मामा हुन्, कंश । तर, उनीहरुवीच सौहार्द्ध सम्बन्ध थिएन । बरु दुबै एकअर्काका सत्रु थिए ।
त्यसो त महाभारतमा मामा तथा भान्जाहरूको थुप्रै प्रसंग छन् । एकातिर आˆनो भान्जालाई देखिनसहने मामा छन्, अर्काथरी सतहमा राम्रो तर भित्र भित्र सिध्याउन खोज्ने अनि अर्कातिर भान्जाका लागि निस्वार्थ भावले सहयोग गरी संकट बात पार लगाउने मामा छन् ।
महाभारतको मामाको कुरा गर्दा सर्वप्रथम मामाश्री शकुनीको नाम आउँछ । शकुनी बाहेक पनि केही त्यस्ता मामा छन् जसको प्रवृत्ति घतलाग्दो छ ।
कंस मामा
महाभारत तथा पुराणमा जरासन्धको चर्चा निकै पाइन्छ । जरासन्ध तत्कालीन समयमा सबैभन्दा शक्तिशाली जनपद मगधका सम्राट थिए । उनै जरासन्धका ज्वाइ कंस भगवान श्रीकृष्णका मामा थिए । कंस आˆना बाबु उग्रसेनलाई राजगद्दीबाट हटाएर जेलमा हाली स्वयं शूरसेन जनपदका राजा बनेका थिए । मथुरा शूरसेन जनपदअंतर्गत पर्दथ्यो ।
त्यहाँ कंसका काका शूरसेनको राज्य थियो । कंसले मथुरालाई पनि आˆनो शासनको अधीन ल्याएका थिए र प्रजालाई को अनेक प्रकारबाट पीडÞति बनाउन थालेका थिए । श्रीकृष्णकी फुपूका छोरा शिशुपालको झुकाव पनि कंसतिरै थियो ।
कंस पूर्वजन्ममा कालनेमि नामक असुर थिए जसलाई भगवान विष्णुले मारेका थिए । कंसको बारेमा आकाशवाणी भएको थियो कि उनकै बहिनी देवकीको आठौँ पुत्रले उनलाई मार्नेछ । यो भविष्यवाणीका कारण उनलाई डरले सताएको थियो ।
कंसले आˆनो बहिनी देवकी र ज्वाइ वसुदेवलाई जेलमा हालिदिएका थिए । जेलमा देवकी र वसुदेवको जति पनि पुत्र हुन्थे तिनलाई कंसले मारिदिन्थे । ८ औं पुत्र भगवान श्रीकृष्ण जब रातमा जन्मिए तब चमत्कार घटित भयो । जेलका सबै सैनिक निदाए र सम्पूर्ण ढोकाहरू अनायास खुले ।
वसुदेवले पुत्र श्रीकृष्णलाई रातारात आˆना मित्र नन्दको घर गोकुलमा छोडेर आए । जहाँ नन्दपत्नी यशोदाले कृष्णको पालन पोषण गरिन्। कंसले कृष्णलाई मार्न थुप्रै राक्षस पठाए तर उनका सबै उपाय असफल भए। केही उपायले नछोएपछि कंसले मल्ल युद्धको आयोजन गरे र त्यसमा सबै योद्धाका साथै श्रीकृष्ण र बलरामलाई बोलाए ।
कंसको भित्री चाहना दुवैलाई बोलाएर आˆना योद्धाहरूका सहायताबाट उनीहरूलाई मार्नु थियो । तर यस्तो भएन । श्रीकृष्ण र उनका दाजु बलरामले मिलेर योद्धाहरू सहित आˆना मामा कंसलाई मारिदिए । अनि उनले आˆना मातापिता जेलमुक्त गराए ।
शकुनी मामा
गांधारीका दाजु र दुर्योधनको मामा शकुनि महाभारतका महत्वपूर्ण पात्र हुन् । कौरवहरूलाई छलकपटको मार्गमा लाग्न सिकाउने शकुनिले नै कौरवहरूको मनमा पांडवप्रति घृणा भाव जगाएका थिए। यद्यपि भनिन्छ, उनको मनमा कौरवहरूप्रति पनि बदलाको प्रबल भावना थियो ।
भनिन्छ, भीष्मले शकुनीको बहिनी गांधारीको विवाह अन्धा धृतराष्ट्रसँग जवर्दस्ती गरिदिएका थिए । पछि धृतराष्ट्रले गंधारीका पिता सुबल तथा अन्य पुत्रलाई आजीवन जेल कोचिदिएका थिए ।
जेलमा उनीहरूलाई खानका लागि केवल एक व्यक्तिलाई पुग्ने भोजन दिइन्थ्यो । यो परिवारलाई नै भोकै मार्ने षड्यन्त्र थियो । राजा सुबलले यो निर्णय लिए कि उक्त भोजन केवल उनको कान्छो छोरोलाई मात्र दिने, ता कि परिवारको एकजना मात्र भए पनि जीवित रहन सकियोस् ।
उक्त भोजन शकुनी एक्लैले खान्थे । अरू सबै एक-एक गरेर मर्न थाले। मृत्युअघि सुबलले धृतराष्ट्रसँग आˆनो अन्तिम इच्छाका रूपमा शकुनिको रिहाइ मागे । धृतराष्ट्रले उक्त कुरा स्वीकार गरे । शकुनि रिहा भए तर आˆनो आँखा अगाडि माता, पिता र दाजुहरू भोकले मरेको कुरा शकुनिले भुल्न सक्ने कुरै थिएन ।
जेल बाहिर आएपछि शकुनिसंग दुई विकल्प थियो। आफ्नो देश र्फकने वा हस्तिनापुरमै बसेर बदला लिन प्रयास गर्ने । गान्धारको राज्य पुत्र उलूकलाई दिएर शकुनिले दोस्रो विकल्प रोजे । शकुनिले हस्तिनापुरमा सबैको विश्वास जीते र १०० कौरवको अभिवावक बनेर बसे । विश्वासपूर्ण कार्यका कारण दुर्योधनले शकुनिलाई आˆनो मन्त्री नियुक्त गरे ।
शकुनिले दुर्योधनलाई आˆनो बुद्धिको मोहपाशमा बाँधेर भड्काए। शकुनिले नै पाण्डवहरूलाई मार्न लाक्ष्यागृहको योजना बनाए । शकुनिकै प्रयास स्वरूप महाभारत युद्धको आधार खडा भयो । शकुनिकै युक्तिका कारण जुवा खेलियो र उसको छलपूर्ण पासाको कारण पाण्डवले सर्वस्व गुमाए । जुन महाभारत युद्धको कारण बन्यो ।
शल्य मामा
रघुवंशी शल्य पाण्डका मामा थिए । कौरवहरूले पनि उनलाई मामा मानेर आदरसम्मान गर्थे । पांडुपत्नी माऽीका दाजु अर्थात नकुल र सहदेवक साख्खै मामा शल्यसँग विशाल सेना थियो । महाभारत युद्ध घोषणा भएपछि शल्य आˆना भान्जहरूलाई सहायता गर्न सेना सहित हस्तिनापुरतर्फ लागे । बाटामा उनले जहा विश्राम गरे त्यहाँ सैनिक सहित उनलाई बस्न, खान, आराम गर्न भरपूर व्यवस्था थियो । यो व्यवस्था देखेर उनी प्रसन्न भए। यो सबै युधिष्ठिरले गरेका हुन् भन्ने लाग्यो उनलाई ।
हस्तिनापुरको नजिक पुग्दा सुन्दर विश्राम स्थल तथा सेनाका लागि भोजनको उत्तम व्यवस्था देखे । शल्यले यो देखेर भने, ‘युधिष्ठिरका कुन कर्मचारीले यस्तो उत्मम व्यवस्था गरेका हुन, म पुरस्कार दिन चाहन्छु । यो कुरो लुकेर सुनिरहेका दुर्योधनले सुने । उनी बाहिर आए र हात जोडेर भने, मामाश्री Û यो सबै व्यवस्था मैले हजुरलाई कुनै कष्ट नहोस् भनेर गरेको हुँ ।
यो सुनेर शल्यको मनमा दुर्योधनप्रति प्रेम उर्लियो । उनले भावुक हुँदै भने, ‘माग, आज तिमीले जे मागे पनि दिन्छु । म तिम्रो सेवाबाट अतिप्रसन्न छु । यो सुनेर दुर्योधनले भने, तपाईं सेनासहित युद्धमा मेरो पक्षमा लड्नुहोस र सेनापतिको कार्यभार सम्हाल्नुहोस । यो सुनेर शल्य केही बेर चुप रहे । वचनमा बाँधिएको हुनाले उनले दुर्योधनको प्रस्ताव स्वीकार नगरी सुख पाएनन् ।
तर उनले शर्त पनि राखे कि, मा युद्धमा पूरा साथ दिन्छु, जे भन्छु त्यो गर्छु तर मेरो बोलीमा मेरै अधिकार हुन्छ । मैले चाहेको कुरा बोल्न कसैले रोक्दैन । दुर्योधनले यो शर्तमा विशेष कुरा केही देखेनन् । शल्य महारथी थिए । उनलाई कर्णको सारथी बनाइयो । उनले अहम् युद्धमा कर्णलाई हतोत्साहित गर्न कुनै कसर बाँकी राखेनन् । यो मात्र होइन, हरेक दिन युद्ध समाप्तिपछि उनी जब शिविरमा हुन्थे त्यतिबेला कौरवहरूलाई हतोत्साहित गरिरहन्थे ।
कृपाचार्य मामा
कृपाचार्य चीरंजीवी हुन् अर्थात उनी अहिलेसम्म पनि जीवित छन् भन्ने विश्वास गरिन्छ । गौतम ऋषिका पुत्र शरद्वान र शरद्वानका पुत्र कृपाचार्य हुन् । कृपाचार्य महाभारत युद्धमा कौरवका तर्फबाट लडेका थिए भने युद्धपछि बाँच्न सफल १८ जना महायोद्धामध्ये एक थिए ।
कृपाचार्यको आमाको नाम नामपदी थियो र उनी देवकन्या थिइन् । कृपाचार्यको बहिनीको नाम कृपी थियो र कृपीको विवाह गुरु द्रोणका साथ् भएको थियो । तिनै कृपिका छोरा थिए, अश्वत्थामा । यसरी कृपाचार्य अश्वत्थामाका मामा थिए । मामाजस्तै भान्जा अश्वत्थामा पनि चिरन्जीवी थिए, मामा भान्जाले युद्धमा विपक्षीको सातो खाएका थिए ।
कृपका पिता धनुर्विद्यामा साह्रै विख्यात थिए । पिताबाट शिक्षा पाएका कृप पनि आˆना पितासमान पारंगत थिए । भीष्मले यिनलाई पाण्डव तथा कौरवको शिक्षा-दीक्षाका लागि नियुक्त गरेका हुनाले उनी कृपाचार्यको नामले विख्यात भए । महाभारत युद्धपछि यिनी पाण्डवहरूसंगै बसे । पछि यिनले अर्जुनका नाति परीक्षितलाई अस्त्रविद्या सिकाए ।
युद्धमा द्रोणचार्य, कृपाचार्य र अश्वत्थामा ब्राहृमण भएर पनि भयंकर योद्धा थिए । राति निदाएका पाण्डव पक्षका योद्धालाई अश्वत्थामाले मार्ने क्रममा कृतवर्मा र कृपाचार्यले पनि साथ दिएका थिए । उनलाई यो कुराको पछुतो पनि भएको थियो ।
श्रीकृष्ण मामा
भगवान श्रीकृष्ण अर्जुन पुत्र अभिमन्युका मामा थिए । पाण्डवलाई महाभारत युद्धमा जीत कृष्णले नै दिलाएका थिए । उनी सबै कुरा जान्दथे, चाहेका भए रोक्न सक्थे, तैपनि उनले अभिमन्युलाई चक्रव्यूहमा जाने वातावरण बनाइदिए । जयऽथ सहित ठ योद्धाले युद्धको नियम तोडेर अभिमन्युको निर्मम हत्या गरे। श्रीकृष्ण यही चाहन्थे । जब नियम एकपटक एक पक्षले तोड्छ, अर्को पक्षका लागि त्यो नजिरले काम गर्छ । यही कुरालाई उनले कर्णको वध गर्ने क्रममा समेत प्रयोग गरे ।
भगवान श्रीकृष्णकै कारण दुर्योधनको जाँघ कमजोर भयो । कर्णको कवच कुंडल मागियो । बर्बरीकको शिर काटियो । उनैको चालका कारण कर्णको एक मात्र अमोघ अस्त्र घटोत्चकमाथि चलाइयो । उनकै चालका कारण भीष्म, द्रोण र जयऽथको वध सम्भव भयो । महाभारत युद्धमा जे जति कुरा भए ती सबै श्रीकृष्णकै इच्छाले भयो ।
यसरी माथि उल्लेख भएका मामाहरूका कारण नै महाभारतको सम्पूर्ण कथाक्रम रचना भयो। अँ, अर्का एकजना मामा थिए, जसको नाम थियो, धृष्टद्युम्न थियो । उनी द्रौपदीका दाजु तथा द्रौपदीका पाँच पुत्रका मामा थिए । द्रोणको हातबाट द्रुपद तथा विराट मारिएपछि भीम र धृष्टद्युम्न मिलेर द्रोणलाई भ्रममा पारी अस्त्र शस्त्र त्याग्न लगाइयो । यसै अवसरको लाभ उठाएर धृष्टद्युम्नले द्रोणको टाउको छिनाले । यद्यपि अन्तमा धृष्टद्युम्नले आˆना भान्जाहरूलाई बचाउन सकेनन् । अश्वत्थामाले धृष्टद्युम्न तथा उनका पाँचजना भान्जाको वध गरिदिए ।