Comments Add Comment

स्वयम्भुका अनन्तपुर र प्रतापपुर पुरानै स्वरुपमा

११ साउन, काठमाडौं । पुरातत्व विभागले स्वयम्भुस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सकाएको छ । किमडोल बिहारको पनि पुनर्निर्माण सकिएको छ ।

०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको स्वयम्भुका दुवै मन्दिर र किमडोल बिहारको पुनर्निर्माण सकिएको हो ।

प्रतापुर र अनन्तपुर मन्दिर राजा प्रताप मल्लले निर्माण गरेका हुन् । प्रतापपुर मन्दिर झण्डै ७ वर्षका बीचमा ३ पटक पुनर्निर्माण गर्नुपरेको छ । आगलागी र चट्याङका कारण क्षति पुगेपछि जिर्णोद्धार गरिएको यो मन्दिर भूकम्पमा पनि भत्किएको थियो ।

राजा प्रताप मल्लले रानी अनन्तपि्रयाको सम्झनामा अनन्तपुर मन्दिर निर्माण गरेका थिए । यो मन्दिरमा पनि भूकम्पका कारण क्षति भएको थियो ।

विभागले दुवै मन्दिरलाई पुरानै स्वरुपमा फर्काएको इन्जिनियर सम्पत घिमिरेले बताए । स्वयम्भुनाथ क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छ ।

भूकम्पका कारण यो क्षेत्रका विभिन्न मन्दिर तथा पुरातात्विक बिहारमा क्षति पुगेको छ । स्वयम्भु क्षेत्रमै रहेको पुरातात्विक शान्तिपुर मन्दिरको निर्माण जारी छ । आनन्दकुटी बिहार लगायतका सम्पदा निर्माणको काम चलिहरेको छ ।

आनन्दकुटी बिहार पुनर्निर्माणको काम श्रीलंका सरकारले जिम्मा लिएको छ । श्रीलंकाले बुङ्मतिमा पनि सेतो मच्छिन्द्रनाथको मन्दिर पुननिर्माण गर्ने जिम्मा लिएको छ । तर, काम भने सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment