Comments Add Comment

सांसद धम्की प्रकरणः अनुसन्धान गर्न एसपीको नेतृत्वमा समिति गठन

फाइल फोटो

१८ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद् निरुदेवी पाललाई बानेश्वरमा अज्ञात व्यक्तिले दिएको धम्कीको विषयमा अनुसन्धान विशेष समिति गठन भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा अनुसन्धान समिति बनेको हो । समितिमा महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य छन् ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार सांसदमाथि भएको घटनालाई सुक्ष्म रुपले अनुसन्धान र छानबिन गर्न समिति बनाइएको हो ।

यसअघि प्रहरीले घटनाको अनुसन्धानको क्रममा ७५ जनालाई नियन्त्रणमा लिएको थियो । हाल प्रारम्भिक अनुसन्धानपछि स्क्रीनिङ गरेर उनीहरुमध्ये १६ जनामाथि छानबिन भइरहेको छ ।

यो पनि पढ्नुस्

पेस्तोल तेर्सिएकै हो कि बनावटी घटना ?

सांसद निरु पालले भनिन् : मेरो घाँटीमा पेस्तोल राख्दैमा सरकार डराउँदैन

सांसद निरु पाल धम्की प्रकरण : ७५ जना नियन्त्रणमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment