Comments Add Comment

बच्चाको व्यक्तित्व कसरी सुधार गर्ने ? यी हुन् चार आइडिया

हरेक बालकले पहिलो शिक्षा उसको आफ्नो घरबाट प्राप्त हुन्छ । त्यसैले घर नै उसको पहिलो विद्यालय हो । घरबाट उसले जुन शिक्षा, ज्ञान वा व्यवहार पाउँछ त्यस्तै स्वभाव बच्चाहरुको हुन्छ ।

कलिलो बाल मस्तिष्क आफ्नो वरिपरि रहेका वस्तुहरुसँग बढी प्रभावित भएको हुन्छ । यसैबाट उनीहरुले आफ्नो व्यक्तित्वको निर्माण गर्ने गर्दछ ।

बच्चाको अगाडी ठूलाहरु जस्तो व्यवहार गरेको हुन्छ त्यसको प्रभाव बच्चाको कलिलो दिमागमा परेको हुन्छ । र त्यस्तै व्यवहार बच्चाहरु पछि सम्म पनि परेको हुन्छ । त्यसैले बच्चाहरुको व्यक्तित्व विकासको लागि आफ्नो वरिपरि रहेको वस्तु र बच्चाहरुमा गरिने व्यवहारमा ध्यान दिनु पर्नेहुन्छ ।

बच्चालाई जहिले पनि खुसी बनाउनुहोस्

हसिलो अनुहारले सबैलाई लोभाउने गर्छ । त्यसैले बच्चाहरुलाई जहिले पनि खुसि बनाईराख्ने कोसिस गर्नुपर्छ । हप्ताको विकेन्डमा घुमाउन लाने वा उनीहरुलाई हसाउने कुरा गर्नु पर्छ । बच्चाहरुको व्यक्तित्व विकासको लागि पढाईको साथ साथै व्यावहारिक ज्ञान पनि अति महत्त्वपूर्ण छ ।

बच्चाको अगाडी शिष्ट भाषाको प्रयोग

जुन भाषाको प्रयोग अन्य ठुला सदस्यहरुले गर्दछ त्यसको सिखो बच्चाहरुले पनि गर्ने गर्छ । बच्चाहरुको अगाडी रुखो भाषाको प्रयोग नगर्नु नै बुद्धिमानी हो ।

शिष्टाचार भाषामा उनीहरुसँग कुराकानी गर्नाले बच्चामा राम्रो प्रभाव पारेको हुन्छ । उनीहरुसँग साथी जस्तै व्यवहार गर्नुपर्छ । बाल मस्तिष्कलाई कुंठिक नवनाउन उनीहरुसँग शिष्टाचार भाषाको प्रयोग गरौं ।

धेरै गाली नगर्नु

बच्चाहरु चकचके हुन्छ नै । चकचके पनले केही गल्ती पनि गरेको हुन्छ । गल्ती गरेको छ भन्दैमा उनीहरुलाई गालि गर्न उचित हुँदैन ।

गाली एवं हप्कीदप्कीले बच्चाहरुको कलिलो दिमागमा पछि सम्म पनि छाप परेको हुन्छ । बच्चाहरुको सानो गल्ती गर्दा पनि उनीहरुलाई गाली वा पिट्नाले उनीहरुको मनोविज्ञानमा ठेस पुगेको हुन्छ । र पछि सम्म पनि उनीहरुको स्वभाव रुखो हुन्छ । त्यसैले बच्चालाई गालि गर्नुको सट्टा फकाउने वा सम्झाउने गर्नुपर्छ ।

बच्चाको मनोविज्ञान

बच्चाको र युवाहरुको मनोविज्ञान धेरै फरक हुन्छ । बच्चाहरुले सोच्ने, बुझ्ने तरिका र त्यस्तै उनीहरुको विचारहरु युवाको भन्दा निकै फरक हुन्छ । बच्चाहरु ठुलाबडाको अनुसरण गरेको हुन्छ । बच्चाहरुको व्यक्तित्व विकासको लागि उसको अगाडी राम्रो व्यवहार गर्ने साथै उनीहरुको वरिपरिको परिस्थितिलाई सुधार गर्नेपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment