Comments Add Comment

हेटौंडा उपमहानगरको राजमार्ग क्षेत्रमा पार्किङ निषेध

२० साउन, हेटौंडा । सवारी चापका कारण यातायात आवागमन र पैदल यात्रीलाई असहज भएपछि हेटौंडा उपमहानगपालिका क्षेत्रमा पर्ने राजमार्गमा पार्किङ निषेध गरिएको छ ।

हेटौंडाको मेनरोड, पिपलबोट, राप्तिरोड, कान्तिराजपथसहित स्कुलरोड क्षेत्रमा बढिमात्रामा चाप हुने भएकाले स्थानीय प्रशासनले पार्किङ निषेधित क्षेत्र बनाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय प्रमुख बुद्धिराज गुरुङ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरबिहादुर महतसहितको बैठकले व्यवस्थित शहर बनाउनका लागि ‘नो पार्किङ’ को निर्णय गरेको हो ।

ट्राफिक अवस्था अस्तव्यस्त बन्दै गएको र यसको प्रमुख कारण अब्यवस्थित पार्किङ भएकाले बजार क्षेत्रलाई ‘नो पार्किङ’ क्षेत्र बनाउने निर्णय गरेको मेयर महतले बताए ।

हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको राप्तिरोडमा ‘नो पार्किङ’ क्षेत्रको सुरुआत गरेपछि सुरु भएको विवादबीच करबि एक महिनापछि बैठकले तोकिएका क्षेत्रमा ‘नो पार्किङ’ बनाउने निर्णय गरेको हो ।

बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको पर्ने राप्तिपुलदेखि बुद्धचोक र वन विज्ञान अध्ययन संस्थानसम्म तथा त्रिभुवन राजपथको चौकिटोल ओरालोदेखि बुद्धचोकसम्म साना-ठूला सवारी साधन पार्किङलाई पूर्ण रुपमा बन्द गरनिे निर्णय गरेको छ ।

बैठकले राप्तिपुलदेखि बुद्धचोक क्षेत्रमा नो पार्किङ गर्ने सम्बन्धमा राप्तिरोडमा अवस्थित रक्त सञ्चार केन्द्रको दक्षिणपट्टकिो खाली ठाउँ र बुद्धचोकको दक्षिणमा अवस्थित भिमसेन मिनिमार्केट क्षेत्रमा पार्किङ क्षेत्र तोकिने निर्णय भएको छ ।

यस्तै स्कूलरोडमा समेत ‘नो पार्किङ’ घोषणा गरी त्यहाँ पार्किङ हुँदै आएका दुई पाङग्रे सवारीलाई भुटनदेवी स्कुल अगाडि पार्किङको व्यवस्था मिलाईने भएको छ साथै छिट्टै नै कान्ति लोकपथ क्षेत्रमा पनि ‘नो पार्किङ’ क्षेत्र बनाउनका निम्ति विकल्प खोजी अविलम्व व्यवस्थापन गर्ने भएको छ ।

त्यस्तै चौकीटोल ओरालोदेखि बुद्धचोकसम्म दुई पाङग्रे सवारी साधन पार्किङ हुँदै आएकोमा सो क्षेत्रलाई नो पार्किङ क्षेत्र घोषणा गरी पुरानो देवि सिनेमा हल रोड र पिपलबोटको भित्री रोडमा पार्किङ स्थल तोकी त्रिभुवन राजपथलाई नो पार्किङ घोषणा गरनिे भएको छ ।

त्यस्तै बुद्धचोकदेखि फरेष्ट्रिसम्म नो पार्किङ क्षेत्र घोषणाका लागि सो क्षेत्रमा पार्किङ हुँदै आएका दुई पाङग्रे तथा चार पाङग्रे सवारी पार्किङलाई हटाई टिसिएनको खाली जग्गामा पार्किङको व्यवस्था मिलाईने भएको छ ।

यसैगरी बजारभित्रका राजमार्गमा बिहान साँढे ८ बजे देखि बेलुका ७ः३० बजेसम्म लोड तथा अनलोड गर्नसमेत प्रशासनले रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment