Comments Add Comment

निशान अपहरणको नालीबेलीः दिउँसो साइकलमा डुलाएर राति हत्या

आमाको पसलमा २५ हजार नतिरी अपहरणकारी मारिए

निशानको हत्यापछि शव गाडिएको स्थान । तस्वीरः चन्द्र अाले/अनलाइनखबर

२१ साउन, काठमाडौं । काँडाघारीमा खाजा घर सञ्चालन गर्दै आएकी चमेली खड्काले ५ वर्षदेखिकै नियमित ग्राहकले आफ्नो छोराको अपहरण गरेर फिरौती माग्ला भन्ने कल्पनै गरेकी थिइनन् ।

ती ग्राहकप्रति चमेलीको यति धेरै विश्वास थियो कि घटना भएको दिन छोरालाई लिएर मोबाइल किन्न बजार पठाइन् । तर, क्रुर अपराधिक मानसिकता भएका आफ्नै पसलका ग्राहकहरु गोपाल तामाङले चमेलीका ११ वर्षीय अवोध छोराको अपहरण मात्र गरेनन्, विभत्स हत्यासमेत गरिदिए ।

घटना आइतबारको हो । हाइल्याण्ड इंग्लिस स्कुलमा कक्षा ६ मा पढ्ने चेमलीका छोरा निशान साँझबाट एकाएक हराए । आमाले छरछिमेकतिर छोराको खोजी गरिन् । तर, केही पत्तो लागेन ।

एक्कासी राति ९ बजे अपरिचित नम्बरबाट परिचित स्वरमा फोन आयो, ‘तेरो छोरो अपहरणमा परेको छ, ४० लाख लिएर आउनू । पुलिसलाई खबर गरिस् भने…।’ चमेलीले केही जवाफ फर्काउनै पाइनन् । फोन काटियो ।

चमेलीले फेरि फोन गर्ने प्रयास गरिन् । एकैछिनमा स्वीच अफ भयो । अन्ततः उनले प्रहरी कन्ट्रोल १०० डायल गरिन् । र, घटना विवरण बताइन् ।

स्कुलबाट फर्किएपछि मलेसियामा रहेका बाबाको फोन आउँछ भनेर मोबाइल किन्न जिद्दी गरिरहेको थियो ।मैले एक हजार रुपैयाँ दिएपछि गोपालले साइकलमा लिएर गएको थियो-चमेली

लगत्तै, अनुसन्धानमा महानगरीय अपराध अनुसन्धान महाशाखा, काठमाडौं प्रहरी परिसर र भक्तपुर प्रहरी परिसरको टोली खटियो ।

अन्ततः आइतबार बिहान मध्यपुर ठिमीको निमकच्चामा खडकबाट ५ सय मिटरभित्र निर्माणाधीन घरको जगमा गाडिएको अवस्थामा निशानको हिलाम्मे शव भेटियो ।

‘मुखमा पट्टी र खुट्टासमेत बाँधेको अवस्थामा उनको शव भेटिएको थियो’, महानगरीय प्रहरी वृत्त, ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मिलन केसीले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

लगत्तै, अपहरणकारीलाई ‘ट्रेस’ गर्दै गएको अपराध महाशाखाको टोलीले दुईजना अपहरणकारीलाई भक्तपुरको सूर्यविनायक–८, पाइलट बाबाको जंगल नजिक भेट्टायो । र, त्यहाँ प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङ मारिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह बताउँछन् ।

प्रहरी इन्काउन्टरमा मारिएका अपहरणकारी ।

किन भयो हत्या ? फिरौती वा रिसिइबी ?

राति ९ बजे फिरौती माग्न दुईपटक अपहरणकारीले आफूलाई सम्पर्क गरेको मृतक बालककी आमा बताउँछिन् ।

‘नयाँ नम्बरबाट फोन आएको थियो । पहिलो पटकमा राम्रोसँग नबुझिएपछि दोस्रो पटक पनि कुरा भएको थियो’, उनले रुँदै अनलाइनखबरसँग भनिन्, ‘तर, त्यसपछि थप कुरा हुन पाएन । रकम कहाँ लाने, के गर्ने केही भनेन ।’

अन्ततः ४० लाख रुपैयाँ मागिएको १२ घण्टा बित्न नपाउँदै उनीहरुले बालकको विभत्स हत्या गरे । आखिर किन त ? बालकको परिवारसँग उनीहरुको केही रिसिइबी थियो कि ?

प्रारम्भिक अनुसन्धानमा खड्का परिवार र अपहरणकारीबीच कुनै समस्या देखिएको छैन । बरु उल्टै अपहरणकारीद्वयले खड्काको पसलमा २५ हजार रुपैयाँ ऋण तिर्न बाँकी रहेको पाइएको छ ।

निशानकी अामा चमेली ।

अनुसन्धानमा खटिएका एक अधिकारी रकम माग गरिसकेको भए पनि फिरौती आउने सम्भावना नदेखेपछि बालकको हत्या भएको हुन सक्ने बताउँछन् ।

अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेती भने अपराधीको मनोविज्ञान र अनुसन्धानलाई विश्लेषण गर्दै हत्याका पछाडि दुई कारण हुन सक्ने प्रबल सम्भावना रहेको देख्छन् ।

पहिलो– लामो समयदेखिको चिनजानका कारण फिरौती पाइहाले पनि आफूहरुको पोल खुल्ने डरले उनीहरुले बच्चाको ज्यान लिएको हुन सक्छ । फिरौती लिएर छाडे पनि बालकले आफ्नो बारेमा प्रहरी र परिवारलाई भनिदिन सक्थे ।

रकम नलिई छाड्दा पनि उनीहरुको कर्तुत लुक्ने थिएन । आखिर उनीहरु बालकलाई अपहरण गर्नेबेलैमा फसिसकेका थिए ।

दोस्रो– वयस्क व्यक्तिहरुलाई थुनेर राखेजस्तो बच्चालाई राख्न सहज हुँदैन ।

‘बच्चालाई राख्न गाह्रो हुन्छ । रुने, कराउने गर्छन् । उनीहरुलाई ठूलो मान्छेलाई जस्तो मारिन्छु कि भन्ने मतलब हुँदैन’, उप्रेतीले अनलाइनखबरसँग भने, ‘धाकधम्की दिँदा पनि नमान्ने भएकाले पनि यस्तो घटना भएको हुन सक्छ ।’

स्रोतका अनुसार आफूहरु जसैगरी पनि फस्ने संकेत देखिरहेका बेला बालक पनि चिच्चाउँदै कराउन थालेपछि उनीहरुले राति नै घाँटी थिचेर हत्या गरेका थिए ।

दिउँसो ‘हत्यारा’ सँगै साइकलमा बजार गएका थिए, निशान

बालकलाई अपहरण गरेको आरोपमा प्रहरी कारबाहीमा मारिएका गोपाल ठिमी–९, बुद्धिवियाङ, नगदेशस्थित श्याम लबेटको घरमा भाडामा बस्दै आएका थिए ।

अपहरणपछि हत्या गरिएका बालक निशान ।

उनले बालकको हत्यापछि शव लुकाउनलाई समेत लबेटकै निर्माणाधीन घरको प्रयोग गरेका छन् । निशानको शव भेटिएको निर्माणाधीन घर त्यही हो, जुन लबेटले केही महिनायता बनाउँदै थिए ।

उनको घरमा अपहरकारी गोपालको कोठा छेवैमा बस्दै आएका प्रशन्न रिमालका अनुसार उनीहरु एक महिनादेखि घरमा नियमित थिएनन् ।

‘हामी सबैलाई पेन्टिङ काम गर्ने बताए पनि पछिल्लो समय उनीहरु कोठाबाट प्रायः निस्किएका थिएनन्’, रिमालले अनलाइनखबरसँग भने, ‘नजिकै भए पनि धेरै चासो दिने कुरा त भएन । यद्यपि, उनीहरुको गतिविधि पहिल्यैदेखि शंकास्पद थियो ।’

अपहरणकारीले मागेको फिरौती बराबरको रकम जोहो गर्नै नपाइ बालकको हत्या

उनीहरुले केही हप्ता अगाडिबाटै बालक अपहरणको योजना बनाएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । र, पूर्वयोजनाअनुरुप आइतबार उनीहरु चमेलीको खाजा घरमा गएका थिए । अपरान्ह खानपिनपछि बालक विद्यालयमा फर्किए ।

‘स्कुलबाट फर्किएपछि मलेसियामा रहेका बाबाको फोन आउँछ भनेर मोबाइल किन्न जिद्दी गरिरहेको थियो । त्यतिबेला गोपालले म लगेर किन्दिन्छु भनेको थियो’, आमा चमेलीले गहभरि आँशु झार्दैै भनिन्, ‘मैले एक हजार रुपैयाँ पनि दिएको थिएँ । उसले साइकलमा लिएर गएको थियो ।’

त्यसबेला मोबाइल लिएर छोरो त फर्कियो । तर, मोबाइल जिम्मा लगाएको केही समयपछि हराएको छोरालाई आमाले फेरि भेट्न पाइनन् ।

‘गोपाल पनि बाबुलाई लिएर आएको थियो, त्यतिवेला बियर मागेपछि मैले दिएँ’, उनले सुनाइन्, ‘तर, दुईवटा बियर खाएको थियो । तर, कतिबेला… थाहा पाइनँ ।’

तर, खाना पकाएर उनी फर्किँदा निशान त्यहाँ थिएनन् । एक्सासी राति ९ बजे फोन आउँदा पो उनी झल्याँस्स भइन् ।

रकमको जोहो गर्ने समेत मौकै नपाई अपहरणकारीले छोरोको हत्या गरेको उनले बताइन् ।

घरबेटीको वयानः हामीलाई बिहानमात्रै थाहा भयो

अपहरणकारीले डेरा लिएर बस्ने घरका घरमालिक श्याम लबट हुन् । आफ्नै घरमा बस्ने डेरावालले नयाँ बन्दै गरेको घरको जगमा बालकको शव गाडेपछि उनी आत्तिएका छन् । हामीले घरबेटीसँग अपहरणकारीहरुको गतिविधि र घटनास्थलका बारेमा सोधखोज गर्दा लबटले यसरी वयान गरे-

उनीहरु भाडामा बस्थे । लगभग ६/७ महिनादेखि बसिरहेका थिए । तल भर्खर बनाएको नयाँ घरमा बस्ने ठाउँ पनि थियो । तर, ट्वाइलेटको असुविधा भएकाले ठेकेदारहरु बसेका थिएनन् ।
म कामले धनगढीतिर थिएँ । राति साढे २ बजेतिर आइपुगेको थिएँ । आएर चाउचाउ बनाए खाएँ अनि सुतें । साढे ३ बजेतिर सुतेका थियौं ।

[sam_list] राति माथि आउँदा जुत्ता सुकाएको देखेर मैले कराएको थिएँ । धत् मान्छे काहिँ, कतै जान लागेको हुन्छ । काहीँबाट आएको हुन्छ, यसरी जुत्ता उल्टो राख्ने होइन । तर, कोठाभित्र उनीहरु चुकुल लगाएर सुतिसकेका रहेछन् । बिहान अचानक यस्तो भयो ।

आज बिहान छोरालाई स्कुल पुर्‍याउन लाग्दा अचानक १५/२० जना मान्छे आए । मलाई त केही पनि थाहा छैन । को हो, के हो, खास कुरा भन्नु भनेपछि मैले म घरबेटी हुँ, के हो मलाई भन्नुपर्‍यो नि भनेँ ।
घरमा भाडामा बस्नेले केही गरे कि ? अलि शंकाको घेरामा परेका छन् उनीहरु । तपाई एकछिन बाहिरै बस्नु भने । बिहान ९ बजेर १० मिनेट जति जाँदा आज बिहानको कुरा हो यो । राति के भयो, मलाई केही थाहा थिएन ।

लगभग ३ वटा गाडीमा मानिसहरु आएका थिए । निस्किनेबित्तिकै १९/२० जना माथि रुममा आए । तपाईलाई केही हुँदैन टेन्सन नलिनु भने ।

पछि एकदम पिटे क्या उनीहरुले । अनि मैले लेडिजलाई सोधें- के हो म्याम ? हिजो बच्चा अपहरणको केश छ, त्यही भएर आएको भनिन् । धेरै पिट्यो क्या । अनि हामी माथि आयौं ।

एकैछिनमा सबै मान्छे भेला भइसकेका रहेछन् । बुढीले चाहिँ यसरी राखेर हुँदैन । घरमा । तपाईँहरु सिभिलको प्रहरी हो भने समात्नुस् । चौकीमा लगेर जे गर्नुस् भनेपछि त्यहाँ केही गरेनन् ।

बुबा बारीमा जानुभएको थियो । प्रहरीहरुलाई देख्नुभएछ । एकजना सिभिलको दाइ खाल्डो खन्न थाल्नुभयो । बुबा आत्तिएर हडबडाउँदै कसले घरछेउमा खन्दै छ भन्दै आउनुभयो । उहाँ पुलिससँग कहिल्यै फेस नगर्नु भएको मान्छे । त्यसैले धेरै आत्तिनुभएको थियो ।

बिहान बुबा आउँदा मात्रै मैले थाहा पाएको थिएँ । बुबा बारीमा जाँदा बुबा यता नबस्नुस् हामी जग चेक गर्न आएको, भूकम्प प्रतिरोधी छ/छैन भनेर भनेका रहेछन् ।

म तल गएर हेर्दा तपाई नजानु, त्यहाँ शंका छ भन्यो । तर, त्यहाँ शव छ भनेको थिएन । केहीवेरमा शव भेटियो । हाम्रै साइटमा के गरेको यिनीहरुले ? धेरै तनाव भयो । कहाँबाट मेरो घरमा….?

यो पनि पढ्नुस् 

सुरक्षाविज्ञ भन्छन्- प्रहरीले निशानलाई जीवितै उद्दार गर्न सकेको भए राम्रो हुन्थ्यो

निशानका ‘हत्यारा’ चमेलीको खाजाघरका नियमित ग्राहक थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment