Comments Add Comment

फिल्मको लम्बाई छोट्याएर साम्राज्ञीसँग दुबई उडे आर्यन


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कायरा’ले औषत व्यापार गरिरहेको समयमा यसका निर्माता तथा नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यूएइ उडेका छन् । उनीहरु, वुधबार बेलुकी यूएइ उडेका हुन् ।

यूएइका विभिन्न राज्यमा आयोजना हुन लागेको चलचित्रको विशेष शोका लागि नायक नायिका त्यतातर्फ लागेका हुन् । तर, चलचित्र शोका लागि पुग्दै गर्दा निर्माता समेत रहेका आर्यनले यसको लम्बाई भने छोट्याएका छन् । २ घन्टा २१ मिनेट लामो चलचित्रको लम्बाई १० मिनेट भन्दा बढी घटाइएको वुझिएको छ ।

चलचित्र लामो भएको भन्दै यसको समिक्षा भएको थियो । दर्शक, समिक्षक र चलचित्रकर्मीले पनि कथावस्तु राम्रो भएपनि चलचित्रको लम्बाई धेरै भएको बताएका थिए । आर्यनले सो कुरा स्विकार गर्दै चलचित्रको लम्बाई घटाएका हुन् ।

लक्ष्मण रिजाल निर्देशित यो चलचित्रमा आर्यन र साम्राज्ञीको प्रेम, विछोड, वियोगको कथा उठान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment