Comments Add Comment

ढिँडो छाड्दा ३० अर्बको धान चामल आयात

धनाढ्यले खाने खैरो चामलदेखि कनिकासम्म विदेशबाटै


२४ साउन, काठमाडौं । गत वर्ष नेपालमा झण्डै ३० अर्ब मूल्य बराबरको धान-चालम आयात भयो । कुनै बेला नेपालको चामल निर्यात भएर सार्क मुलुकमा मात्रै हैन, दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकासम्म चामल पुग्थ्यो ।

०३६ सालसम्म पनि नेपालको चामल विदेशी बजारसम्म पुग्दै थियो । आर्थिक वर्ष ०३५/३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजार मूल्यको चामल निर्यात गरेको थियो ।

तर, पछिल्लो समयमा स्वदेशी धान र चामललाई भारतीय उत्पादनले नेपालमै भित्रिएर चुनौती दिँदैछन् । सरकारी अनुदानमा उत्पादित भारतीय प्रिमियम किसिमका चामल नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । जसका कारण नेपाली धान र चामल प्रतिस्पर्धा गर्न नसकेर आन्तरिक बजारमै ‘हेपिएका’ छन् ।

गाउँघरमा ढिँडो र च्याख्लाको खान्कीलाई भातले नै विस्थापित गर्ने अवस्था देखिएको छ । जसले गर्दा चामलको माग तीव्र गतिमा बढेको छ ।

जनसंख्या र मागमा भएको वृद्धिअनुरुपको उत्पादन नहुँदा नेपाल चामलमा समेत परनिर्भरताको मार्गमा अघि बढेको धेरैको तर्क छ । यसमा नेपाली समाजमा विस्तार भएको ‘भात नै खाने संस्कार’ पनि प्रमुख कारण भएको अर्थविदहरु बताउँछन् ।

कतिपय अर्थविद भने चामल आयातको तथ्यांक हेरेर ‘नर्भस’ नहुन सुझाव दिन्छन् । अर्थशास्त्री विश्व पौडेल नेपालबाट चामल निर्यात हुने समयमा नेपालमै कुपोषण र भोकमरीको समस्या ब्याप्त रहेको तथ्य भुल्न नहुने बताउँछन् ।

नेपालमा हुने धान र चामलको आयात एक वर्षका बीचमा २० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार एक वर्षका बीचमा २९ अर्ब ३४ करोड मूल्य बराबरको धाान तथा चामल नेपाल भित्रएको छ । यसमा केही प्रतिशत हिस्सा कनिकाको पनि छ ।

‘त्यतिबेला धेरै खतियोग्य जमिन जमिन्दार र धनी वर्गको हातमा थियो । यहाँ गरिबीका कारण भोकमरीको स्थिति हुँदा पनि चामल निर्यात हुन्थ्यो,’ अर्थशास्त्री पौडेल भन्छन्,’चामल आयातमा भएको वृद्धिले आत्तिनु पर्दैन । यसकै कारण नेपालमा पोषणको अवस्थामा आएको सुधार र त्यसले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा देखिएका सकारात्मक प्रभावहरु पनि हेर्नुपर्छ ।’

मानव विकासका विभिन्न पााटोमा नेपालले विस्तारै सुधार गर्दै लगेकाले चामलको प्रयोगमा भएको वृद्धि पनि त्यसको संकेतका रुपमा देखिएको उनको तर्क छ ।

परिवारलाई मीठो खुवाउने अभिलाषाले कामका लागि विदेशिएका युवाले पठाएको रेमिट्यान्सका कारण पनि चामलको आयात बढाएको उनको आँकलन छ ।

चामल सस्तो र आधारभूत खाद्यान्न भएकाले यसको आयात बढ्नु समग्रमा नकारात्मक पक्षबटै हेर्नु नपर्ने पौडेलको तर्क छ ।

‘एउटै मात्र पक्षबाट हेरेर हुँदैन । नेपालमा पर्यटक आगमन बढेर वर्षको १० लाख पुगिसक्यो । नेपालीहरुको आर्थिक अवस्था पनि सुध्रदैछ । यी सबै कारण चामलको माग बढेको छ,’ उनले दोहोर्‍याए,’अर्थतन्त्रको आयम फेरिँदै जाँदा यस्ता विभिन्न बदलावहरु आउँछन् । यस्तो बेला नर्भस हुनुहुँदैन ।’

उनले निर्माणधीन सिचाइँका ठूला परियोजनाहरु बेलैमा सम्बोधन गरेर आन्तरिक रुपमा धान उत्पादन बढाउँदै लैजान सरकारलाई सुझाए ।

नेपालमा हुने धान र चामलको आयात एक वर्षका बीचमा २० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार एक वर्षका बीचमा २९ अर्ब ३४ करोड मूल्य बराबरको धाान तथा चामल नेपाल भित्रएको छ । यसमा केही प्रतिशत हिस्सा कनिकाको पनि छ ।

नेपालमा मुख्यरुपमा भारतबाटै धान र चामल भित्रिन्छ । आर्थिक वर्ष २०७३/७४मा २३ अर्ब ८५ करोड बरारबरको चामल भित्रिएको थियो । गत आर्थिक वर्षमा भने ५ अर्ब बढीको चामल नेपाल आएको विभागको तथ्यांकले दोखाएको छ ।

गत वर्ष नेपालमा धान उत्पादनमा एक लाख मेट्रिक टनले कमी आएको थियो । अघिल्लो पटक रकर्ड राख्दै ५२ लाख मेट्रिक टन फलेको गत वर्ष ५१ लाख मेट्रिक टनमा खुम्चिएको थियो ।

नेपालमा आउने ब्राउन राइसमा पनि वृद्धि हुँदैछ । स्वस्थकर मानिने यस्तो चामल विशेषगरी धनाढ्य वर्गले रुचाउँछन् । गत वर्ष ३५१ मेटि्रक ब्राउन चामल भित्रिएको छ ।

त्यसैकारण पनि धान र चामलको आयात बढेको दावी कृषि मन्त्रालयका अधिकारीहरुको छ । गत वर्ष झण्डै ७ लाख ३५ हजार मेट्रिक टन धान नेपाल भित्रिएको छ । अघिल्लो वर्ष ५ लाख ८८ हजार मेट्रिक टन धान नेपाल भित्रिएको थियो ।

गत आर्थिक वर्षमा तयारी चामल मात्रै ४ लाख ९७ हजार मेट्रिक टन आयात भएको छ । अघिल्लो वर्ष यस्तो चामलको परिमाण ३ लाख ९३ हजार मेट्रिक टन मात्रै थियो । गतवर्ष तयारी चामल मात्रै झण्डै १ लाख मेटि्रक टन बढी भित्रिएको छ । यसका लागि नेपालले २२ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेको छ ।

यस्तै धान पनि ठूलो मात्रामा नेपाल भित्रिरहेको छ । वर्षौसाल धानको आयत पनि बढ्दै गएको देखिन्छ । गत वर्ष २ लाख ९ हजार मेटि्रटन चामल नेपाल आएको विभागले जानकारी दिएको छ । यो भन्दा अघिल्लो वर्ष १ लाख ६३ हजार मेट्रिक टन मात्रै धान भित्र्याइएको थियो । गत वर्ष ५ अर्ब ८२ करोड रुपैयाँ बराबरको धान नेपालले भारत लगायतका मुलुकबाट खरिद गरेको छ ।

कनिकाको आयात भने गत वर्ष सामान्य मात्रामा घटेको छ । प्रायः कनिका दाना उद्योगहरुले ल्याउने गरेका छन् । यस्तै घरेलु मदिरा बनाउन पनि यसको प्रयोग हुने गरेको पाइनछ । गत वर्ष २९ हजार मेटि्रक टन धान नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । यसका लागि मात्रै ७३ करोड विदेशी मुद्रा विदेशिएको छ । यसभन्दा अघिल्लो वर्ष ३२ बजार मेट्रिक कनिका नेपाल भित्रिएको विभागले जानकारी दिएको छ ।

नेपालमा आउने ब्राउन राइसमा पनि वृद्धि हुँदैछ । स्वस्थकर मानिने यस्तो चामल विशेषगरी धनाढ्य वर्गले रुचाउँछन् । गत वर्ष ३५१ मेट्रिक ब्राउन चामल भित्रिएको छ । यसभन्दा अघिल्लो वर्ष २८७ मेट्रिक टन मात्रै खैरो चाल भित्रिएको तथ्यांकमा देखिन्छ ।

समग्र चामल आयतबाट सरकारले २ अर्ब १५ करोड राजस्व असुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment